अमेरिका । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्ला इंकले सन् २०२१ को पहिलो त्रैमासमा एउटै पनि मोडल एस र मोडल एक्सको उत्पादन गरेन ।
समीक्षा अवधिमा कम्पनीले कुल १ लाख ८० हजार ३३८ थान कार उत्पादन गरेको थियो । यसमा एउटा पनि मोडल एस र मोडल एक्स थिएनन् ।
कम्पनीले सो अवधिमा १ लाख ८४ हजार ८०० थान कार डेलिभर गरेको छ । यो विश्लेषकहरुले अनुमान गरेको भन्दा धेरै हो । यसले सन् २०२० को अन्तिम त्रैमासमा कायम भएको १ लाख ८० हजार ५७० थान डेलिभरीको कीर्तिमान पनि तोडेको छ ।
समीक्षा उत्पादित सबै सवारी साधन मोडल एस र मोडल वाई हुन् । सो अवधिमा २ हजार २० थान मोडल एस र एक्स डेलिभर भने भएका छन् । यो कुल डेलिभरीको १ प्रतिशत मात्रै हो । एजेन्सी