काठमाडौं । बुधबार साँझ काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा हल्का बर्षा भएको छ । शुक्रबारदेखि बाक्लो तुवाँलोले ढाकेको उपत्यकामा बर्षा भएसँगै राहत महसुस गरिएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकाका साथै प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा वर्षा भएको छ ।
मौसमविदहरुले बाक्लो तुवाँलो हट्न अझै केही दिन लाग्ने र त्यसका लागि बर्षा हुनुपर्ने बताउँदै आएका छन् ।