• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्जको सिमाना सहज हुँदा स्वदेशी उद्योगीलाई असहज !

  • वीरगंज संजाल
  • १९ चैत्र २०७७, बिहीबार ०६:५१
  • २३२१

    वीरगञ्ज ।वीरगञ्जको सिमाना सहज हुँदा स्वदेशी उद्योगीलाई असहज बढेको छ । कोरोना महामारीले थलिएको उद्योग व्यवसाय लयमा फर्किने क्रममा छ । महामारीमा चरम संकट सहेका अधिकांश उद्यम स्वाभाविक गतिमा अघि बढ्ने प्रयास गरिरहेकै बेला बन्दाबन्दीका बेला राम्रै आर्जन गरेका उद्योगका सञ्चालकलाई भने असहज भएको छ ।यस्ता उद्योगलाई अन्य उत्पादन र बजारले गति लिँदा समस्या भएको होइन, भारतसँगको सिमाना खुलेसँगै आफ्नो उत्पादनको विक्री घट्ने चिन्ताले सताएको हो । कोरोना संक्रमण नियन्त्रणका लागि भारतीय सीमा बन्द गरिँदा मौलाएका उद्योगका लागि अहिले बजार गुम्ने जोखिम बढेको छ ।

    सरकारले कोरोना महामारी नियन्त्रणका लागि सीमा बन्द गर्दा भारतबाट अवैध आयातसमेत रोकिएको थियो । नाका खुल्नेबित्तिकै सबैजसो भारतीय सिमानाबाट अनधिकृत आयात पनि बढेको छ । यस्तो आयातले स्वदेशका उत्पादन नराम्ररी प्रभावित हुँदै आएका छन् ।सिमाना बन्द गरिएपछि खाद्यान्न, कपडा, फुटवेयर, दैनिक आवश्यकताका स्वदेशी उत्पादनले राम्रै बजार पाएका थिए । सिमाना खुलेसँगै भारतीय बजारबाट राजस्व छलेर भित्रिएका मालसामानको अगाडि यस्ता स्वदेशी उत्पादनलाई प्रतिस्पर्धामा समस्या भएको उद्योगीहरूले बताएका छन् ।

    अवैध आयात बढेसँगै सीमावर्ती क्षेत्रमा खटिएको प्रहरीले यस्ता मालसामान बरामद गर्ने क्रम पनि बढेको छ । सीमावर्ती जिल्लाका प्रहरीले दैनिकजसो यस्ता सामान समातेर कारबाहीका लागि भन्सारमा बुझाउने गरेका छन् ।
    बन्दाबन्दीको समयमा सीमावर्ती भारतीय बजारबाट हुने किनमेल र अनौपचारिक आयात बन्द भएपछि यस्ता उत्पादनको आन्तरिक बजार उकासिएको अनुभव वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ताको छ । नेपाल चामल तेल दाल उद्योग संघका अध्यक्षसमेत रहेका गुप्ता सिमाना बन्द हुँदा स्वदेशी खाद्यान्नको बजार बढेकोमा पछिल्लो समयमा त्यस्ता उत्पादनको माग खुम्चिएको बताउँछन् ।

    भारतबाट भित्रिएको सस्तो उत्पादन र अनधिकृत आयातले अधिकांश खाद्यान्न उद्योगलाई समस्या थपिएको गुप्ताको दाबी छ । महामारीले बढाएको स्यानिटाइजर र मास्कको बजारले यस्ता उद्यममा लगानी पनि बढेको थियो । ठूला औद्योगिक घरानाले समेत मास्क उत्पादनमा हात हालेका छन् । अधिकांश औषधि उद्योगले स्यानिटाइजर उत्पादनको अनुमति लिएका छन् ।गतवर्ष कोरोना संक्रमण बढेसँगै चीन र भारतले अन्य उपचार सामग्रीसहित स्यानिटाइजरको निर्यातमा रोक लगाएपछि सरकारले नेपालमै उत्पादनको अनुमति दिएको थियो । त्यतिबेला ४० ओटो औषधि उद्योगले उत्पादनको स्वीकृति लिएको नेपाल औषधि उत्पादक संघका वर्तमान अध्यक्ष दीपक दाहालले बताए ।

    अहिले ती देशले निकासी खोलिसकेका छन् । भारतीय खुला सिमानाबाट यस्ता वस्तुको अनधिकृत आयातसमेत बढेको छ । सरकारले खुला सिमानाबाट हुने अवैध आयात र गुणस्तरमा नियन्त्रण गर्न नसकेको आरोप स्वदेशी उत्पादकहरूको छ । अहिले यस्ता उद्योगले उत्पादन बन्द गर्न थालेका छन् ।नेपाल राष्ट्र बैंकले केही वर्षअघि गरेको एउटा अध्ययनले भारतबाट हुने कुल वस्तु आयातको ३५ प्रतिशतबराबर अनौपचारिक माध्यमबाट भित्रिने निष्कर्ष निकालेको थियो । यही अध्ययनका आधारमा पनि वर्षमा करीब ३ खर्ब रुपैयाँ जतिको अनधिकृत आयात हुने अनुमान गर्न सकिने विश्लेषक जगदीशप्रसाद अग्रवाल बताउँछन् ।

    खुला सिमाबाट हुने अवैध कारोबार र सीमावर्ती भारतीय बजारबाट हुने किनमेलले स्वदेशी उद्योगले समस्या खेपिरहेको दाबी खाद्यान्न उद्योगमा अग्रणी मानिएको निम्बस समूहका अध्यक्षसमेत रहेका अग्रवालको छ ।
    ‘सिमानाको व्यापारबाट स्वदेशी उद्योग कति प्रभावित रहेछन् भन्ने त बन्दाबन्दीले देखाइसक्यो । सिमानाको दुरुपयोग र स्वदेशी उपभोक्ताबाट सीमावर्ती भारतीय बजारमा हुने किनमेललाई निरुत्साहित गरिनुपर्छ,’ उनको भनाइ छ ।

    भारतीय र नेपाली ग्राहकले कुनै पनि उत्पादनको उपाभोगमा तिर्नुपर्ने कुल कर बराबर नभएसम्म भारतीय सीमावर्ती बजारबाट हुने किनमेल रोक्न नसकिने दाबी अग्रवालको छ । भारतले वस्तु तथा सेवा करमार्फत गरेको कर सुधारलाई नेपालले अनुसरण गर्दा सीमावर्ती भारतीय बजारमा नेपाली उपभोक्ताको आकर्षण नियन्त्रण गर्न सकिने उनको सुझाव छ ।सरकारले अप्रत्यक्ष करमा नीतिगत सुधारमार्पmत अनधिकृत आयातसमेत निरुत्साहित गर्न सक्ने सुझाव जानकारहरूको छ । भारतमा उपभोक्ताले २० देखि २२ प्रतिशत कर तिरे पुग्छ । नेपालमा अधिकांश उत्पादनमा अप्रत्यक्ष करको भार ३५ प्रतिशतसम्म छ । एउटै उत्पादन सीमावर्ती भारतीय बजारमा सस्तो र नेपाली बजारमा तुलनात्मक महँगो हुँदासम्म अनधिकृत आयात नरोकिने विश्लेषकहरूको दाबी छ ।

    भारतबाट हुने अवैध आयातले स्वदेशी उत्पादनको बजारमात्र प्रभावित छैन, सरकारी राजस्व पनि गुमेको छ । कुल वैदेशिक व्यापारमा भारतसितको व्यापार आँकडा ६१ प्रतिशत छ ।यो तथ्यांकका आधारमा स्वदेशी उत्पादनको प्रतिस्पर्धा पनि भारतीय उत्पादनसँग नै बढी हुने दाबी वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष प्रदीपकुमार केडियाको छ । सरकारले खुला सिमानाबाट हुने अवैध आयात नियन्त्रणसँगै उत्पादनको लागत घटाउने नीति अघि बढाए स्वदेशी बजारमा स्थानीय उत्पादनलाई प्रोत्साहन मिल्ने केडियाको भनाइ छ ।ओमप्रकाश खनाल

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑