• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    केराउ, सुपारी, छोकडा र मरीच आयातका लागि व्यवसायीले तोकिएभन्दा अत्यधिक परिमाण माग

  • वीरगंज संजाल
  • १९ चैत्र २०७७, बिहीबार ०६:४४
  • ४७०९

    वीरगंज। परिमाणात्मक बन्देजसहित आयात खुला गरिएका केराउ, सुपारी, छोकडा र मरीच आयातका लागि व्यवसायीले तोकिएभन्दा अत्यधिक परिमाण माग गरेका छन् । सरकारले पूर्ण प्रतिबन्ध हटाएर परिमाणात्मक बन्देज लगाएपछि व्यवसायीले ठूलो परिमाणमा आयातको माग गर्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा निवेदन दिएका छन् ।

    चालू आर्थिक वर्ष (आव) २०७७/७८ का लागि केराउ, सुपारी, छोकडा र मरीच आयातमा तोकिएको परिमाणभन्दा अधिक परिमाणको माग आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले जानकारी दिए । तोकिएको परिमाणभन्दा माग बढी भएपछि यस वर्षका लागि छुट्ट्याइएको सबै कोटा वितरण हुने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चालू वर्षका लागि ८० हजार मेट्रिकटन (मेटन) केराउ आयात गर्न दिने निर्णय गरेकोमा १५ गुणाभन्दा बढी माग भएको छ । विभागले निकालेको सूचनाअनुसार २३३ ओटा उद्योग र व्यापारिक फर्मले १२ लाख २५ हजार २९० मेटन केराउ आयातको अनुमति मागेको उल्लेख छ ।

    मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेर सुपारी आयातमा २५ हजार मेटन परिमाण तोकेको थियो । सुपारी आयातका लागि ८५ ओटा निवेदनबाट २ लाख २७ हजार २७० मेटन माग भएको छ ।

    व्यवसायीहरूले ४१ हजार ९९५ मेटन छोकडा आयातको अनुमति मागेका छन् । छोकडा आयातमा ५ हजार मेटन कोटा तय गरिएको छ । नधुल्याएको मरीच आयात १५ हजार मेटनभन्दा बढी गर्न नपाउने गरी आयात खुलाइएकोमा १ लाख ४० हजार ८२ मेटन मागिएको छ । मरीच आयातका लागि १६९ ओटा निवेदन गरेको विभागले बताएको छ ।

    विभागले आयातकर्तासँग आयातित वस्तु उपभोक्तासम्म पुग्ने निश्चित हुने गरी व्यवसायको दर्ता र करचुक्ता प्रमाणपत्र माग गरेको छ । आयात गर्ने मुलुक र एनओसी जारी गर्ने सम्भावित समय खुल्ने कागजातसमेत पेश गर्न भनिएको छ ।

    यस वर्षका लागि छुट्ट्याएको परिमाण चालू आवभित्रै आयात भइसक्नु पर्ने कि सिपमेन्ट भएपछि आयात गर्न पाउने भन्ने विषय स्पष्ट नभएको आयातकर्ताले बताएका छन् । परिमाण तोकिए पनि कहिलेसम्म आयात गर्न दिने भन्नेमा अहिलेसम्म अन्योल रहेको महानिर्देशक पौडेलले बताए । ‘परिमाण यकिन भए पनि तोकिएको परिमाण कहिलेसम्म भिœयाइसक्ने भन्ने स्पष्ट छैन । यसमा मन्त्रालय (उद्योग वाणिज्य तथा आपूर्ति) बाट निर्णय भएर आउनुपर्छ,’ उनले भने ।

    सरकारले वैदेशिक मुद्रा सञ्चितिमा प्रतिकूल प्रभाव पारेको भन्दै २०७६ चैत १६ गतेदेखि यस्ता वस्तुको आयात रोकेको थियो । त्यसबेला निर्णयअघि सिपमेन्ट भए पनि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको पूर्वस्वीकृति नलिएका कन्साइन्मेन्ट वीरगञ्ज सुक्खा बन्दरगाहमा महीनौं रोकिएका थिए ।

    त्यसेबला रोकिएका केराउ, मरीच र सुपारीलाई सरकारले गुणस्तरण परीक्षण गरेर एकपटकका लागि भिœयाउने अनुमति दिए पनि छोकडा छोडेको थिएन । आयात खोल्ने निर्णयसँगै भन्सारमा रोकिएको छोकडासमेत छोड्ने सूचना पनि निकालेको छ ।

    सकारले आयातको परिमाण टुंगो लगाए पनि प्रक्रियागत अन्योल कायमै रहेकाले यसको छिटो निकास दिनुपर्ने आयातकर्ता ओमप्रकाश मोरको भनाइ छ । आयात अनुमति प्रक्रियामा भएको ढिलाइले तोकिएको परिमाण भित्र्याउन नसकिने जोखिम बढेको व्यवसायीले बताएका छन् । सिपमेन्ट भइसकेपछि नेपाल भित्रिनै ३ महीनासम्म लाग्ने भएकाले प्रक्रियालाई छरितो बनाइनुपर्ने आयातकर्ताको आग्रह छ । ‘तोकिएको परिमाणभन्दा बढी मागसहित निवेदन परेकाले प्राथमिकता तोकेर पारदर्शी तरीकाले कोटा वितरण हुनुपर्छ । कोटा बाँड्दा क्रमशः उद्योग, पुराना आयातकर्ता र नयाँ आयातकर्तालाई प्राथमिकतामा राखिनु व्यावहारिक हुन्छ,’ व्यावसायी मोरले आर्थिक अभियानसँग भने ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑