• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बैंकको नोट, फोनको स्क्रिनमा कोरोनाभाइरस २८ दिनसम्म जीवित रहन सक्ने

  • वीरगंज संजाल
  • २७ चैत्र २०७७, शुक्रबार १६:०२
  • ३२३३

    कोभिड–१९ संक्रमणका लागि जिम्मेवार कोरोनाभाइरस बैंकको नोट, फोनको स्क्रिन र स्टेनलेस स्टिलजस्ता केही सतहमा २८ दिनसम्म जिवित रहन सक्ने अनुसन्धाताहरुले बताएका छन् ।अष्ट्रेलियाको नेशनल साइन्स एजेन्सीले SARS-Cov-2 भाइरस केही सतहमा सोचेभन्दा बढी दिनसम्म जिउँदो रहन सक्ने जानकारी दिएको छ ।

    यद्यपि, यो अनुसन्धान अँध्यारो र स्थिर तापक्रममा गरिएको थियो । जबकी हालै पत्ता लागेअनुसार अल्ट्राभोयलेट लाइटको प्रयोगले कोरोनाभाइरस नष्ट हुने गर्छ ।केही जानकार भने सतहमा भएका भाइरसले मानिसहरु संक्रमित हुने कत्तिको खतरा छ भन्ने कुरामा शंका जताउँछन् ।धेरैजसो संक्रमण मानिसहरुको खोकी, हाच्छिउँ र कुरा गर्दा निस्कने थुकका स–साना कणबाट फैलने गर्छ ।

    अनुसन्धानमा के भनिएको छ ?

    यसअघि प्रयोगशालामा भएको अनुसन्धानबाट बैंक नोट र सीसामा कोरोना भाइरस दुई वा तीन दिनसम्म जीवित रहन सक्ने जबकी प्लास्टिक र स्टेनलेस स्टिलको सतहमा यो ६ दिनसम्म जिउँदो रहन सक्ने बताइएको थियो ।तर अष्ट्रेलियाली एजेन्सी सिएसआईआरओको एक अनुसन्धानमा भाइरस अत्यधिक बलियो र २० डिग्री सेल्सियसको तापक्रम र अँध्यारोमा मोबाइल फोनको सीसा, प्लास्टिक र बैंकको नोटजस्ता चिल्लो सतहमा २८ दिनसम्म जीवित रहन सक्ने बताइएको छ ।

    कोरोनाभाइरसको तुलनामा यस्तै परिस्थितीमा फ्लूको भाइरस १७ दिनसम्म जीवित रहन सक्छ । भाइरोलोजी जर्नलमा प्रकाशित अनुसन्धानमा पत्ता लागे अनुसार चिसो तापक्रमको तुलनामा तातो तापक्रममा भाइरस निकै समयका लागि जिवित रहन सक्दैन । ४० डिग्री सेल्सियसमा राख्दा केही सतहमा यो भाइरस चौबिस घण्टा भित्र संक्रामक हुँदैन ।चिल्लो सतहमा यो भाइरस धेरै दिनसम्म जीवित रहन सक्छ जबकि कपडाजस्ता सतहमा यो १४ दिनपछि जीवित रहन सक्दैन ।

    के यसमा असहमति छ ?

    कार्डिफ युनिभर्सिटीको कमन कोल्ड सेन्टरका पूर्व निर्देशक प्राध्यापक रन एक्सेलले यो अनुसन्धानको आलोचना गरेका छन् । भाइरस २८ दिनसम्म जिउँदो रहनसक्ने भन्ने अनुसन्धानले मानिसहरुमा अनावश्यक डर पैदा गरिरहेको बताएका छन् ।उनले भने, ‘यो भाइरस खोक्दा र हाच्छिउँ गर्दा निस्कने थुकका स–साना कण र फोहोर हातबाट फैलने गर्छ । तर यो अनुसन्धानमा भाइरस फैलने कारणको रुपमा मानिसहरुको ताजा खकारको प्रयोग गरिएको छैन ।’

    ‘मानिसहरुको ताजा खकारमा अधिक संख्यामा ह्वाइट सेल हुन्छ जसले भाइरसलाई नष्ट गर्नका लागि एन्जाइम बनाउँछ । खकारमा भाइरससँग प्रतिस्पर्धा गर्नका लागि एन्टीबडी र केमिकल पनि हुनसक्छ ।’‘मेरो विचारमा संक्रामक भाइरस सतहमा खसेको खकारमा केही घण्टासम्म जीवित रहन सक्छ, थुप्रै दिनका लागि होइन ।’

    यसै वर्ष जुलाईमा रटगर्स युनिभर्सिटीमा माइक्रोबायोलोजीका प्राध्यापक इमानुएल गोल्डम्यानको एउटा शोध चर्चित पत्रिका लासेन्टमा छापिएको थियो । यसमा ‘सतहमा परेको थुकको कणले संक्रमणको खतरा कम हुने’ बताइएको थियो ।गत हप्ता क्यालिफोर्निया युनिभर्सिटीमा मेडिसीन प्राध्यापक मोनिका गान्धीले कोरोना भाइरस सतहमार्फत् नफैलने बताएकी थिइन् ।

    ‘हात र टचस्क्रिनलाई सफा गर्ने बानी बसाल्नुहोस्’

    पल्लब घोष, विज्ञान संवाददाता

    कोभिड–१९ को भाइरस मुख्य रुपमा हावामार्फत् फैलन्छ । हालसम्म भएको अनुसन्धानबाट थाहा हुन्छ कि यो भाइरस हावामा भएको कणमा तीन घण्टासम्म जीवित रहन सक्छ ।

    बैंकको नोट र टचस्क्रिन जस्ता सतहमार्फत् यो भाइरस कति तीब्र रुपमा फैलन सक्छ भन्नेबारे हालसम्म कुनै सटिक जानकारी पाइएको छैन ।

    स्टेनलेस स्टिलमार्फत् यो भाइरस कति बेरसम्म जीवित रहन सक्छ यसका लागि हालै एक अनुसन्धान भएको थियो । उक्त अनुसन्धानमा सामान्य तापक्रममा यो भाइरस स्टेनलेस स्टीलमा तीनदेखि १४ दिनसम्म जीवित रहने बताइएको छ ।

    नयाँ अनुसन्धानमा सीसा, कागज, प्लास्टिकका नोट र स्टीलमा यो भाइरस कति दिनसम्म जीवित रहन्छ भनेर पत्ता लगाइएको छ । यी सबै सतहमा २० डिग्री सेल्सियरमा २८ दिनपछि पनि भाइरसबारे पत्ता लगाउन सकिन्छ भन्ने निष्कर्ष अनुसन्धानले निकालेको छ । यसमा भाइरस जीवित रहने समय यसअघिका शोधभन्दा धेरै बताइएको छ ।

    यो अनुसन्धान जुन परिस्थितीमा गरिएको थियो त्यो भाइरस अनुकूल थिए उदाहरणका लागि अँध्यारो कोठा, स्थिर तापक्रम र ओसिलो हावा । वास्तविक जीवनमा भाइरसले आफ्नो अनुकूल परिस्थिती कमै पाउँछ ।

    तर पनि अनुसन्धानको यो नतिजाले एकपटक पुनः बताउँछ कि संक्रमणको खतरालाई कम गर्नका लागि नियमित रुपमा हात धुने र टचस्क्रिनलाई धुन वा स्यानिटाइज गर्न आवश्यक छ । साथै, संक्रमणको खतरालाई कम गर्नका लागि हामीले आफ्नो अनुहार छुनबाट बच्नुपर्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑