• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    शारीरिक कसरत गर्दा हुने फाइदा र ध्यान दिनुपर्ने कुराहरु

  • वीरगंज संजाल
  • १७ चैत्र २०७७, मंगलवार ०६:००
  • ६८९७

    वीरगंज | मानिस एक सजिव प्राणी हो। सचेतना, गति, नियन्त्रण, स्वचालन तथा सन्तान उत्पादन जस्ता गुणहरु स्वाभाविक रुपमा मानिसमा विद्यमान हुन्छन्। यस क्रममा मानिसमा देखिने वृद्धि र विकास, शारीरिक संचरना तथा बनावटमा परिवर्तन, क्रिया प्रतिक्रिया आदिको मुख्य आधार चाल वा गतिशिलतालाई मान्निछ।

    मानव जीवनको चौतर्फी विकासको लागि शारीरिक क्षमता अनुसारको सक्रियता वा कसरत आवश्यक हुनछ। जसले मानिसलाई स्वस्थ राख्छ।

    शारीरिक कसरत भनेको उर्जा खपत गर्ने कुनै पनि किसिमको शारीरिक क्रियाकलाप हो। जुन शरीरका अंगहरुको हलचलका कारण उत्पन्न हुन्छ। शारीरिक निष्क्रियता विश्वमा मानिसहरु बिरामीको हुनुको प्रमुख कारणमध्ये चौथोमा पर्दछ।

    तनाव र व्यस्तता, नियमित शारीरिक कसरतको अभाव, अस्वस्थकर खानेकुरा र निस्क्रिय जीवनशैलीलले मानिसहरुमा विभिन्न किसिमका रोग लाग्न सक्ने खतरालाई बढाएको छ। जसले गर्दा नसर्ने रोगहरुको जोखिम बढ्दै गइरहेको छ।

    विभिन्न किसिमका विज्ञान प्रविधि, यातायात र जीवनशैलीले मानिसहरु दिन प्रतिदिन झन्–झन् निस्क्रिय हुन थालेका छन्। फलस्वरुप उच्च रक्तचाप, हृदयघात, मधुमेश, जीर्ण श्वासप्रश्वास दम, मुटुरोग र मोटोपना जस्ता जीवनशैलीसँग प्रत्यक्ष सम्बन्ध राख्ने खालका स्वास्थ्य समस्याहरु बढ्दैछन्।

    शारीरिक निस्क्रियताको कारण हुने सक्ने समस्याहरु
    – उच्च रक्तचाप र मुटु सम्बन्धी समस्या
    – हड्डी तथा माशंपेशीहरुमा कमजोरी
    – क्यान्सर, मधुमेह जस्त नसर्ने रोगहरु देखा पर्न सक्ने
    – मोटोपना र यसको जोखिम बढ्न सक्ने
    – तनाव र छटपटाहटको महसुस

    शारीरिक रुपमा कसरी सक्रिय रहन सकिन्छ?
    – ४५ मिनेटसम्म भलिबल खेल्ने
    – ४५ देखि ६० मिनेटसम्म फुटबल खेल्ने
    – ३० देखि ४५ मिनेटसम्म बगैँचामा काम गर्ने
    – दैनिक २ माइल ३० मिनेटसम्म हिड्ने
    – ३० मिनेटसम्म बास्केटबल खेल्ने
    – ३० मिनेटसम्म ५ माइल साइकल चलाउने
    – ३० मिनेटसम्म पौडी खेल्ने आदि।

    माथि उल्लेख गरिएका मध्ये कुनै पनि एक क्रियाकलापद्धारा आफुलाई सक्रिय राख्न सकिन्छ।

    शारीरिक कसरत गर्दा ध्यान दिनुपर्ने कुराहरु
    – शारीरिक कसरत गर्नुभन्दा अगाडि विस्तारै सुरु गरी सुक्ष्म व्यायाम गर्नुपर्दछ। रोक्नु अगाडि पनि विस्तारै रोक्नुपर्छ।
    – सुरुमा एकै पटक धेरै कसरत गर्नु हुँदैन। अलिअलि गर्दै बिस्तारै आफ्नो लक्ष्य हासिल गर्नुपर्दछ।
    – कडा कसरत गर्ने व्यक्तिले आवश्यक मात्रामा पानी पिउने र पौष्टिक खोनकुराहरु खानुपर्दछ।
    – कडा कसरत गरीसकेपछि केही समय आराम गर्नु जरुरी हुन्छ।
    – दैनिक कम्तीमा आधा घण्टा पसिना आउने गरी हिड्ने, व्यायाम गर्ने, खेलकुद र काम गर्ने गरेर शारीरिक सक्रियता कायम गर्ने।
    – गर्भवती, प्रसूति र शल्यक्रियापछि तथा मुटुसँग सम्बन्धित रोग भएका व्यक्तिहरुले शारीरिक कसरत गर्नु अघि अलि बढी सतर्कता र चिकित्सकको राय लिनु आवश्यक हुन्छ।

    शारीरिक कसरतबाट हुने फाइदाहरु
    – मुटु सम्बन्धी समस्या हुनबाट बचाउँछ।
    – फोक्सोको क्षमतामा वृद्धि गर्दछ।
    – मधुमेशको रोगलाई नियन्त्रण गर्दछ।
    – तौल ठिक राख्न मद्दत गर्दछ।
    – शारीरिक दुखाई नियन्त्रण गर्दछ।
    – हड्डीलाई बलियो र मजबुत बनाउँछ।
    – तनावबाट मुक्त राखी मानसिक आनन्द दिन्छ।
    – काम गर्ने क्षमतामा वृद्धि गर्दछ।
    – वृद्धावस्थामा पनि सक्रिय र आत्मनिर्भर बनाउँछ।

    शारीरिक कसरत जुनै किसिमको भएपनि शरीरलाई स्वस्थ र बलियो रहनका लागि मद्दत गर्दछ। सामान्य किसिमको शारीरिक व्यायाम भन्नाले छिटो छिटो हिड्ने, नाच्ने वा घरायसी कामकाज गर्नु आदि हो। कडा किसिमको शारीरिक व्यायाम भन्नाले दौड्नु, तीव्र गतिमा साइकल चलाउनु, पौडी खेल्नु र गह्रौँ सामान उठाउनु जस्ता कडा कार्यलाई बुझाउँछ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑