वीरगंज। सरकारले वायु प्रदूषण बढेका कारण चार दिन शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ।शिक्षा मन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले वायु प्रदूषणको असरबाट जाेगिन चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेकाे हाे।
बढ्दो प्रदूषणका कारण विद्यार्थीलाई थप जोखिम रहेको भन्दै शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय भएकाे शिक्षा सचिवकाे सचिवालयले जानकारी दिएकाे छ।
परीक्षाहरु भने सुरक्षाा मापदण्ड अपनाएर सञ्चालन गर्न पाइने छन्।अब आगामी आइतबार (चैत २२ गते )मात्रै शैक्षिक संस्था सञ्चालन हुने छन् ।