काठमाडौं | शुक्रबारदेखि काठमाडाैं उपत्यका लगायत देशभर प्रदूषणको तह बढेको छ। जसका कारण हवाई उडानमा प्रत्यक्ष असर पुगेको छ।शुक्रबार दिउँसोदेखि प्रभावित भएको आन्तरिक उडान अझै पूर्ण रुपमा हुन सकेको छैन। अन्तर्राष्ट्रिय उडानतर्फ खासै प्रभाव नपरेपनि आन्तरिक उडानमा भने प्रभाव परेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टावरले दिएको तथ्यांक अनुसार आन्तरिक उडानमा शनिबार र आइतबार २० प्रतिशतले कमी आएको छ।
शुक्रबार दिउँसोबाट उडान प्रभावित भएको थियो। शुक्रबार भने केही मात्रै उडान प्रभावित भएको थियो। शुक्रबार आन्तरिकतर्फ २ सय ४६ वटा उडान तथा अवतरण भएको थियो। तर, शनिबार १ सय २३ र आइतबार १ सय ३८ वटा मात्रै उडान तथा अवतरण भएका छन्।
सामान्य अवस्थामा बढीमा २ सय ९४ वटासम्म उडान अवतरण भएका थियो। मार्च २२ सम्म आन्तरिकतर्फ २ सय ९४ वटा उडान तथा अवतरण भइरहेको थियो। तर, २८ मार्चमा जम्मा १ सय ३८ वटा उडान तथा अवतरण मात्रै भएको छ।
२२ मार्चदेखि २८ मार्चसम्मको उडान तथा अवतरणको विवरण :