वीरगंज । भारतीय सेनाले नेपाली सेनालाई थप एक लाख डोज कोरोना खोप दिएको छ । सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप आइतबार काठमाडौंमा आइपुगेको हो ।
सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार यो खोप सेनाका लागि प्रयोग गरिनेछ । प्राथमिकता क्रम निर्धारण गरेर लगाइने र आश्रित परिवारलाई पनि दिइने उनले बताएका छन् ।
भारतले यसअघि १० लाख डोप खोप नेपाललाई अनुदान दिएको थियो । लगतै नेपालले सेरम इन्स्टिच्युटसँग २० लाख डोज खरिद गरेको थियो, जसमध्ये १० लाख नेपाल आयो भने १० लाख आउन बाँकी छ ।