वीरगंज । बलिउड अभिनेता धर्मेन्द्रको घरमा काम गर्ने तीनजना कोरोना संक्रमित भए। त्यसपछि ८५ वर्षीय धर्मेन्द्रले समेत कोरोना परीक्षण गराए, तर रिपोर्ट नेगेटिभ आयो।
कोरोना संक्रमित तीनैजना होम क्वारेन्टिनमा बसेका छन् भने परिवारका अन्य सदस्यले पनि सावधानी अपनाएका छन्।
धर्मेन्द्रले २० मार्चमा खोपको पहिलो डोज लगाएका थिए। यसअघि आमिर खान, आर माधवन, मिलिन्द सोमन, रमेश तैरानीलगायतका बलिउडकर्मी कोरोना संक्रमित भए।