वीरगंज । पछिल्लो चौबिस घण्टामा देशका ४८ स्थानमा ठूला आगलागीका घटना भएका छन्।
ती घटनामा ८३ लाख ५४ हजार रुपैयाँ बराबरको क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार ती घटनामा परी एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्।