• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    एक्कासि प्रदूषणले ढाक्यो

  • वीरगंज संजाल
  • १४ चैत्र २०७७, शनिबार ०६:१६
  • २७६१

    काठमाडौं । वायु प्रदूषणको मात्रा शुक्रबार दिउँसो एक्कासि चढेपछि मुलुकका मुख्य सहरमा जनजीवन प्रभावित बन्न पुगेको छ । मुलुकभर वन डढेलोका कारण वायु प्रदूषण बढेपछि जनजीवन प्रभावित भएको हो ।शुक्रबार दिउँसो एक्कासि वायु प्रदूषणका कारण आँखा पोलेको सबैले महसुस गरेका थिए । उपत्यकावासीले धुवाँ र धुलो मिसिएको हावाले भिजिबिलिटी कम भयो । धुवाँ र धुलो मिसिएको हावाले वायुमण्डल ढपक्कै भएको थियो ।

    दिउँसो ३ बजेपछि त काठमाडौंको भिजिबिलिटी यति कम भयो कि त्रिभुवन विमानस्थलमा जहाज अवतरण र उडान हुनै नसक्ने भयो । साढे १२ बजेसम्म काठमाडौं एयरपोर्टमा भिजिबिलिटी ३ हजार ५ सय मिटर थियो तर ३ बज्दा त्यो १ हजार मिटरमा झरिसकेको थियो ।

    स्विट्जरल्यान्डको आईक्यूएआइआरका अनुसार शुक्रबार अपराह्न काठमाडौंको एयर क्वालिटी इन्डेक्स १९८ थियो । जसका अनुसार शुक्रबार काठमाडौं संसारका प्रदूषित हावा भएका सहरमध्ये पहिलो स्थानमा पुग्यो । काठमाडौंपछि चीनको राजधानी बेइजिङ (१८८) र भारतीय सहर मुम्बईको एयर क्वालिटी इन्डेक्स १७४ पुगेको थियो । काठमाडौंको स्टेसनले कम देखाए पनि भक्तपुर, कीर्तिपुर र ललितपुरको भैंसेपाटीमा भने प्रदूषण झन् धेरै देखिए ।

    वातावरण विभागको तथ्यांकअनुसार शुक्रबार दिउँसो भैंसेपाटीमा इन्डेक्स ४ सय ४३, कीर्तिपुरमा २ सय २१ र भक्तपुरमा २ सय २० थियो । एक्यूआई ५० सम्म हुनु राम्रो हो, ५० देखि १ सयसम्मलाई मोडरेट मानिन्छ । एक्यूआई १ सय ५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ । २ सयसम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ । एक्यूआई ३ सय पुग्नु भनेको जोखिमपूर्ण हो । ३ सयभन्दा माथि जानुचाहिँ घातक हो । काठमाडौंको हावामा शुक्रबार धुलोसँगै धुवा पनि मिसिएको छ ।

    ‘वायुमण्डलमा धुलोसँगै धुवाँ पनि मिसिएको देखिएको छ । धुवाँ धेरै मिसिएकाले आँखा पोल्ने समस्या भएको हो,’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगले भने । काठमाडौंको हावामा यति धेरै धुवाँ कहाँबाट आयो भन्ने खुलिनसकेको उनले बताए । पूर्वसचिव तथा मौसमविद् ऋषिराम शर्माले देशका विभिन्न भागमा भएको आगलागीको असर काठमाडौंमा परेको हुन सक्ने बताए ।

    गृह मन्त्रालयका अनुसार पछिल्लो साता देशका विभिन्न १ सय १० भागमा आगलागी भएको छ । ‘यो सिजन नै आगलागीको हो । अहिले काठमाडौं आसपासका क्षेत्रमा धेरै आगो लागेको छ । त्यही भएर यहाँको हावामा धेरै धुवाँको मिसिएको देखिन्छ,’ शर्माले भने, ‘वायुमण्डलको माथिल्लो तह न्यानो भइराखेकाले हावा सतहको वायुमण्डलमै रहेको छ ।’

    चारैतिर घेरिएको काठमाडौं उपत्यकाको भूबनोटले इन्भर्सन लेयर बन्न सजिलो हुन्छ । ‘सामान्यतः बिहान भएपछि सतहको हावा तात्दै जाने र माथि चिसो हुने हुन्छ,’ उनले भने, ‘तर कहिलेकाहीँ इन्भर्सन लेयर बनेर माथिको हावा न्यानै रहेपछि तलबाट हावा माथि जान सक्दैन । आज (शुक्रबार) पनि त्यस्तै भएको हो ।

    कचौरा आकारजस्तो उपत्यका भएकाले पनि काठमाडौंमा यस्तो बेला हावा बाहिर जान नसक्ने शर्माले बताए । उनले भने, ‘वायुमण्डलको माथिल्लो तहको हावाले काठमाडौंको सतहको हावालाई लैजान सक्दैन । त्यसैले, पनि यो यहीँ घुमिरहन्छ ।’ रिलिज हुन नपाएको काठमाडौंको हावामा गाडी मोटर, इँटाभट्टाको धुवाँ र धुलो मिसिएकाले प्रदूषण ह्वात्तै बढेको उनले बताए । पानी परे वा बेस्सरी हावा चलेमा काठमाडौंको प्रदूषण कम हुने उनले बताए ।

    विज्ञहरूले काठमाडौंको हावा घातक भएकाले अत्यावश्यक नपरी घरबाहिर ननिस्कन, कम सवारीसाधन चलाउन र मास्कको अनिवार्य प्रयोग गर्न सुझाव दिएका छन् । यसअघि गत पुस २० गते काठमाडौं संसारकै प्रदूषित हावा भएको सहर बनेको थियो ।

    ‘सकभर बाहिर ननिस्कनु’
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाभित्र वायु प्रदूषण बढेको भन्दै सकभर बाहिर ननिस्कन अपिल गरेको छ । वायु प्रदूषणले श्वासप्रश्वासमा कठिनाइलगायत स्वास्थ्य समस्या देखिन सक्ने भन्दै घर बाहिर खुला स्थानमा नबस्न अपिल गरेको हो । मर्निङ वाकमा जाने वा घर बाहिर गएर शारीरिक व्यायाम गर्ने कार्य रोक्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

    स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले फोहोरको उचित व्यवस्थापन गर्ने र फोहोर जलाउने काम नगर्न आग्रह गरे । धुलो, धुवाँ उड्ने खालका पेसा, व्यवसाय, निर्माण कार्य केही दिनलाई स्थगन गर्न सम्बद्ध निकायलाई स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । केही दिनपछि त्यस किसिमका पेसा, व्यवसाय निर्माणका कार्य सुरु गर्दा धुवाँ नउड्ने वा कम हुने व्यवस्था गर्न अपिल गरेको छ ।

    स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले वायु प्रदूषण बढेको भन्दै यो बेला अत्यावश्यक नभई सवारी साधन नचलाउन आग्रह गरे । स्वास्थ्य मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै बालबालिका, दीर्घ रोगी, ज्येष्ठ नागरिकको विशेष ख्याल राख्न र घरबाहिर खुला स्थानमा नबस्न पनि अपिल गरेको छ । स्वास्थ्य मन्त्रालयले कोभिड–१९ का लागि तोकिएको जनस्वास्थ्यको मापदण्ड पालना गर्न-गराउनसमेत अनुरोध गरेको छ ।

    शुक्रबार नै ४ सय ३७ ठाउँमा डढेलो

    विगत केही दिनदेखि तराई तथा पहाडका विभिन्न वन क्षेत्रमा डढेलो लाग्नेक्रम बढेको छ । चैतको दोस्रो सातासम्म आइपुग्दा देशभरका वनजंगलमा डढेलो फैलिएको हो । वन विभागको तथ्यांकअनुसार शुक्रबार मात्रै देशका विभिन्न ५४ जिल्लाका ४ सय ३७ ठाउँका वनजंगलमा आगलागी भएको छ । आगलागी हुनेक्रम अझै बढ्ने देखिएको छ ।

    वन विभागका अनुसार पश्चिम र मध्य तराई एवं पश्चिमी तथा मध्यपहाडी क्षेत्रका वनमा बढी डढेलो लागेको छ । विगतका वर्षमा भन्दा यो वर्ष डढेलो लाग्नेक्रम बढी देखिएको वन विभागले जनाएको छ ।

    विभागका अनुसार आर्थिक वर्ष २०१६-१७ मा ४८ जिल्लाको ३ सय १० स्थानमा डढेलो लागेको थियो भने २०१७÷१८ को सोही अवधिमा ६१ जिल्लाको ४ सय ९५ स्थान तथा २०१८-१९ मा ६३ जिल्लाको ८ सय १ स्थानमा डढेलो लागेको थियो ।

    २०१९-२० मा ३७ जिल्लाको १ सय ६५ स्थानका वन क्षेत्रमा आगलागी भएको थियो । तर, सन् २०२० को नोभेम्बर १५ देखि २०२१ को मार्च २५ सम्म ७३ जिल्लाका २ हजार ८७ स्थानमा आगलागीका घटना भएको विभागले जनाएको छ ।

    विभागको तथ्यांकअनुसार विगत चार वर्षको समीक्षा अवधिमा कुल १ हजार ७ सय ७१ वटा डढेलोका घटना भएकोमा यो वर्षको हालसम्मको अवधिमा त्यस्तो संख्या २ हजार नाघेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑