वीरगंज | भारतको मुम्बईमा रहेको एक अस्पतालमा आगलागीमा परी दश जनाको ज्यान गएको छ । मुम्बईको ड्रिम्स मलमा रहेको सनराइज अस्पतालमा आगलागीमा परी दश जनाको मृत्यु भएको हो ।
मलको पहिलो तलामा आगलागी त्यहाँको स्थानीय समय रातको साढे १२ बजे शुरु भएको थियो ।अस्पतालमा रहेका कोरोना संक्रमित ७० जना भन्दा धेरै बिरामीलाई अर्कै अस्पतालमा सारिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
आगलागीको कारण खुल्न सकेको छैन । आगो निभाउन २५ भन्दा धेरै दमकलको प्रयोग गरिएको प्रहरीले जनाएको छ ।