वीरगन्ज । संसारमा धेरै अनौठा जिव हरु छन् । तर हामिलाई सबै जिव का बारेमा थाहा छैन । हामिलाई थाहा नै छ, धेरै जिव हरुले मानिसले जस्तै बच्चा जन्माउने गर्छन् ।
तर प्रजाती अनुसार बच्चा जन्माउने पक्रिया भने फरक हुन्छ । हरेक प्रजातिले आफुले जन्माएको बच्चालाई धेरै नै माया गर्छन् । यस्तै आफ्नो बच्चालाई धेरै नै माया गर्ने प्रजातिमा माकुरा पनि पर्छ ।
माकुराले आफुले जन्माएको बच्चालाई धेरै नै माया गर्ने गर्छ । माकुराले आफ्नो बच्चलाई सुरक्षित तरिकाले जन्माउछ र धेरै नै ख्याल गर्छ ।
आफ्नो बच्चाको लागी माकुरोले आहारमा पनि ध्यान पुर्याउछ । स्टेगोडाइफस माकुरो निकै अनौठो माकुरो हो । यसको बच्चाले आफुहरुलाई भोक लागेमा आफ्नै माउलाई पनि खाने गर्छन् ।
दक्षिण अफ्रीकामा पाइने स्टेगोडाइफस डुमिकोला माकुराले धेरै भोक लागेमा आफ्नै माउलाई खाने गर्छ । माकुराको सम सकिदै जादा माकुरोको झुण्डले बिस्तारै माउलाई खादै जान्छन् ।