• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रतिमिनेट ६ हजार सिरिन्ज उत्पादन गर्दा पनि माग पुर्‍याउन कठिन

  • वीरगंज संजाल
  • ९ चैत्र २०७७, सोमबार ०९:१९
  • ५४१७

    बीबीसी । भारतको सबैभन्दा ठूलो सिरिन्ज उद्योगका सञ्चालक राजिव नाथ भन्छन्, “विश्वभरबाट दैनिक आउने ४० भन्दा धेरै व्यावसायिक प्रस्ताव अस्वीकार गर्नु परिरहेको छ ।”उनको कम्पनी, हिन्दुस्तान सिरिन्ज एण्ड मेडिकल डिभाइस (एचएमडी) मा सिरिन्जको माग कोभिड खोप अभियान पश्चात झनै आकाशिएको छ । यो उद्योगले हाल एक दिनमा कम्तीमा पनि ४० लाख र प्रति मिनेट ६ हजार सिरिन्ज उत्पादन गरिरहेको छ ।

    तर त्यति गर्दा पनि पर्याप्त नभएको नाथ बताउँछन् । विश्वका ६० प्रतिशत जनसङ्ख्यालाई खोप लगाइसक्न कम्तीमा १० अर्ब सिरिन्ज आवश्यक पर्ने उनले बताए ।

    यसकारण पनि सिरिन्ज निर्माता, विश्व स्वास्थ्य संगठन र सरकारबीचको सहकारितामा सुधार ल्याइ खोप अभियानलाई सहज रुपमा अघि बढाउन जरुरी भएको उनले बताए ।

    एचएमडी विश्वको सबैभन्दा ठूलो सिरिन्ज उत्पादकमध्येको एक हो । हरेक वर्ष यो उद्योगमा २.५ अर्ब सिरिन्ज उत्पादन हुन्छ । यो वर्ष चाहिँ उनीहरुले कोभिडका कारण २.७ अर्ब उत्पादन गर्न गइरहेका छन् ।

    महामारीको अवधि आफूहरुका लागि अत्यन्तै चुनौतिमय भएको नाथ बताउँछन् । उनका अनुसार सो समयमा उनीहरुले ५ सयदेखि हजारसम्म कामदारहरु थपेर, तिनलाई प्रशिक्षण दिइ सबै सिकाउनुपरेको थियो ।

    त्यस्तै गुणस्तरमा कुनै सम्झौता नगरि उत्पादनको रफ्तार बढाउनका लागि हौसला दिन पनि कठिन भएको उनी बताउँछन् ।

    विश्व स्वास्थ्यमा उनीहरुको योगदान वास्तवमै महत्वपूर्ण भएकोमा आफूले सधैँ जोड दिने पनि उनले बताए ।

    सिरिन्जको अभाव हुने डरले थुप्रै देशका सरकारले अहिले स्टकमा जम्मा गरेर राख्न थालिसकेकाले पनि माग पुर्याउन कठिन भइरहेको नाथ बताउँछन् ।

    खरिद गर्ने इच्छा व्यक्त गर्दै अमेरिका, जर्मनी, इटली, बेलायत लगायत विभिन्न देशबाट आफूहरुले दिनमा तीसदेखि चालीसवटा सम्म इमेलहरु पाउने गरेको उनी बताउँछन् तर आगामी सेप्टेम्बरसम्मका लागि बुक भइसकेकाले सबै प्रस्ताव अस्वीकार गर्नुपरिरहेको उनले बताए ।

    साथै अहिले भारत र विश्वव्यापी मागलाई सन्तुलन गर्न जरुरी भएको पनि उनले बताए ।

    अहिलेका लागि उद्योगले आफ्नो क्षमताको दुई तिहाइ भारत सरकारलाई प्रदान गर्ने र एक तिहाइ मात्र विश्वव्यापी बजारलाई दिलाउन प्रतिबद्ध रहेको उनले जानकारी दिएका हुन् ।

    कम्पनीले अहिले संयुक्त राष्ट्र संघको विश्वव्यापी खोप अभियान, ‘कोभ्याक्स’ लाई   पनि आपूर्ति गरिरहेको छ ।

    तर नाथका अनुसार उनीहरुले अझ धेरै उत्पादन गर्न आवश्यक छ ।

    उनले भने, “छिटो उत्पादन गर्न सक्नु नै अहिले कोभिड विरद्धको हाम्रो सबैभन्दा ठूलो लडाईँ हो । सिरिन्जहरु अहिले युद्धभूमीमा बन्दुकको गोली समान हुन् । यसबिना विश्वले कोरोनालाई जित्न सक्दैन । दुनियाँभरका मान्छेलाई कोरोना अघिको अवस्थामा पुर्याउन र विश्व अर्थतन्त्रलाई पुरानो अवस्थामा फर्काउन हामीले जति छिटो गर्न सक्यौँ त्यति नै राम्रो हुनेछ ।”

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑