• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    दशओटा पालिका हेर्नेगरी जिल्ला जनगणना कार्यालय स्थापना

  • वीरगंज संजाल
  • ९ चैत्र २०७७, सोमबार ०६:३२
  • २८४५

    वीरगन्ज ।  मोरङको बेलबारीमा दशओटा पालिका कार्यक्षेत्र रहेनेगरी जिल्ला जनगणना कार्यालय मोरङ ‘ख’ स्थापना गरिएको छ । मोरङका अन्य पालिका हेर्नेगरी विराटनगरमा यस अघि नै ‘क’ कार्यालय स्थापना भइसकेको छ । आगामी जेठ २५ गतेदेखि मुलुकभरि नै शुरू हुने जनगणनाका लागि पाँचओटा पालिकामा स्थानीय जनगणनाको कार्यालय वैशाख १ गतेदेखि सञ्चालनमा आउने जिल्ला जनगणना अधिकारी सुमन श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार बेलबारीले सुन्दरहरैंचा, पथरीले कानेपोखरी, उर्लाबारीले मिक्लाजुङ र लेटाङले केराबारी र ग्रामथानको स्थानीय जनगणना कार्यालयले बुढीगंगा हेर्नेछन् । जनगणनाका लागि आवश्यक पर्ने गणक तथा सुपरिवेक्षकको आवेदन सम्बन्धित कार्यालयले लिन थालेको छ । दुवै पद करार सेवाका हुन् । चैत ११ गतेसम्म कार्यालयमै गएर अथवा अनलाइन मार्फत पनि दुवै पदमा आवेदन दिन सकिनेछ ।

    सुपरिवेक्षकको तालीम वैशाख १६ देखि २२ गतेसम्म सञ्चालन हुनेछ । उक्त कार्यालयका लागि करीब १५० जना सुपरिवेक्षकको आवश्यकता छ । त्यसैगरी गणकको तालीम जेठ १७ देखि २२ गतेसम्म हुनेछ । करीब ६ सयभन्दा बढी गणकको आवश्यकता छ । गणकहरूले जेठ २५ गतेदेखि असार ८ गतेसम्ममा प्रत्येक घर परिवारको विवरण संकलन गर्नेछन् । असार ८ गते राष्ट्रिय जनगणना दिवसमा मुलुकभरिको गणना कार्य सकिनेछ । विसं १९६८ देखि नेपालमा जनगणना गर्न शुरू भएको थियो । तत्कालीन प्रधानमन्त्री चन्द्रशम्शेरको कार्यकाल रहेको सो अवधिमा नेपालको जनसंख्या ५६ लाख ३८ हजार ७४९ थियो ।

    यसपटकको जनगणना संघीयतामा मुलुक गएपछिको पहिलो हो । हालसम्म १२ पटक जनगणना भएको अधिकारी श्रेष्ठले बताए । २०६८ सालको जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ थियो । यसपटक संघीय राजधानी काठमाडौंमा प्रविधिको प्रयोगमार्फत जनगणनाको तथ्यांक संकलन गरिँदै छ । यसमा गणकहरूले ट्याब्लेट प्रयोग गर्नेछन् । मुलुकका अन्य स्थानमा भने पेपेरमै तथ्यांक संकलन गरिनेछ । अघिल्लो पटकको गणनामा संकलित तथ्यांकहरू नै अपटेड हुनेछन् भने नयाँ विवरणमा सबै किसिमका घरहरूको तथ्यांक लिइँदै छ । दर्ता नभएका र कामदार पनि नराखिएका तर घरभित्र रहेका साना तथा घरेलु उद्योग र व्यावसायको तथ्यांक पनि यो पटक लिइँदै छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑