• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ‘लिभिङ टुगेदर’मा पनि महिला हिंसा

  • वीरगंज संजाल
  • ८ चैत्र २०७७, आईतवार ११:४८
  • ३२८९

    वीरगन्ज । नेपाल प्रहरीको तथ्यांकअनुसार यस वर्ष नेपालभरमा ११ हजार सात सय ३८ वटा महिला हिंसासँग सम्बन्धित उजुरी दर्ता भएका छन्

    – ललितपुर प्रहरी परिसरमा एक महिनाअघि २१ वर्षीया एक युवतीले दुई वर्षदेखि सँगै बसेको पुरुष साथीबाट हिंसा भएको भन्दै उजुरी दिइन् । घरेलु हिंसा शीर्षकमा उजुरी दिए पनि सोधपुछको क्रममा ‘लिभिङ टुगेदर’मा रहेको पुष्टि भएको प्रहरीको भनाइ छ । उनीहरूबीच विवाहको विषयलाई लिएर झगडा भएको र यसैले हिंसाको रूप लिएको प्रहरी बयानबाट पत्ता लागेको छ । केही समयपछि सम्बन्धलाई विवाहमा परिणत गर्ने सर्तमा उनीहरू सँगै बसेको खुलेको छ । तर पुरुषले धोका मात्र दिएनन्, हिंसामासमेत उत्रिए ।

    – २२ वर्षीया एक युवतीले परिवारको सहयोगमा दुई साताअघि ललितपुर प्रहरी परिसरमा बलात्कारमा परेको भन्दै उजुरी दिइन् । ती युवती ललितपुर बस्ने २३ वर्षीय पुरुषसँग तीन वर्षदेखि ‘लिभिङ टुगेदर’ मा रहेको खुलेको छ । सुरुमा घरपरिवारमा उनीहरूबीचको सम्बन्धबारे जानकारी थिएन । गत पुस महिनामा उनी गर्भवती भएको थाहा पाइन् । स्वास्थ्य समस्याका कारण ‘मिस क्यारेज’ भयो । उनको जटिल स्वास्थ्य अवस्था देखिएपछि पुरुष साथीले छाडेर भागे । युवती अहिले परिवारसँगै छिन् । प्रहरीले पुरुषविरुद्ध मुद्दा चलाएको छ ।

    – कञ्चनपुर घर भई हाल काठमाडौंमा अध्ययन गरिरहेकी २६ वर्षीया युवती केही दिनअघि सहयोगका लागि महिला तथा बालबालिका केन्द्र, कालीमाटी पुगिन् । दुई वर्षदेखि काठमाडौंकै एकजना पुरुषसँग उनी ‘लिभिङ टुगेदर’मा रहिछन् । विवाह गर्ने योजनासहित उनीहरू सँगै बसेका रहेछन् । युवतीले आफ्नो परिवारमा विवाह भइसकेको बताएकी रहिछन् । माघ दोस्रो सातातिर उनले बच्चा जन्माएपछि केटा साथी फरार भएछन् । उनको उजुरीका अधारमा प्रहरीले ती पुरुषलाई पक्रेको छ । प्रहरी अनुसन्धानमा जात नमिलेका कारण युवतीलाई छोडेको ती पुरुषले बयान दिएका छन् । प्रहरीले थप अनुसन्धान गरेर मुद्दा चलाउने तयारी गरिरहेको जनाएको छ ।

    …. …                    …….

    पछिल्लो समय सहरी क्षेत्रका प्रहरी कार्यालयमा लिभिङ टुगेदरसँग जोडिएका यस्ता हिंसाका घटना दैनिकजसो आउने गरेका छन् । जसमध्ये अधिकांश घटनालाई प्रहरीले मिलापत्रमा टुंग्याउने गरेको छ । प्रहरीका अनुसार ललितपुरमा मात्रै माघ महिनामा ४४ वटा महिला हिंसाका घटना दर्ता भएका छन् । जसमध्ये ३७ वटा मिलापत्र भइसकेको छ । महिला तथा बालबालिका केन्द्र कालीमाटीको तथ्यांक हेर्दा दैनिक पर्ने उजुरीहरूमा ललितपुरको तुलनामा काठमाडौंमा बढी देखिन्छन् । प्रहरीका अनुसार दर्ता हुने हिंसाका यस्ता घटनामध्ये आधाभन्दा बढी विवाहइतर सम्बन्ध र लिभिङ टुगेदरसँग सम्बन्धित हुन्छन् ।

    काठमाडौं उपत्यकामा मात्र नभई बाहिरका सहरी क्षेत्रमा पनि ‘लिभिङ टुगेदर’ ट्रेन्ड बढिरहेको र सँगै हिंसाका घटना पनि बढेको प्रहरीको अध्ययन रिपोर्टले देखाएको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार यस वर्ष नेपालभरमा ११ हजार सात सय ३८ वटा यस्तै विषयसँग सम्बन्धित उजुरी दर्ता भएका छन् । पछिल्लो समय युवायुवतीमा ‘लिभिङ टुगेदर’ र वयस्कहरूमा विवाहेतर सम्बन्धका कारण सहरी क्षेत्रमा हिंसाका घटना बढिरहेको ललितपुर प्रहरी परिसरकी महिला सेल प्रमुख प्रहरी निरीक्षक निरला भण्डारी बताउँछिन् ।

    उनी भन्छिन्, ‘हतारमा बिहे गर्नुभन्दा एक–अर्कोको व्यवहार बुझेर मात्र विवाह गर्ने उद्देश्यले टिभिङ टुगेदर बढिरहेको छ, तर दुर्भाग्यवश ! यस्ता सम्बन्धहरू निकै कम मात्र विवाहमा परिणत हुने गरेका छन् ।’ यस्ता घटना अविवाहितामा मात्र नभई विवाहितामा पनि देखिएको छ । कतिपय केस पहिलो विवाहको बारेमा थाहा नहुने र थाहा भएपछि महिला छुट्टिन खोज्ने हुन्छन् । तर, यस्ता केसमा पुरुषले फोटो वा भिडियोको डर देखाएर हिंसा गर्ने गरेको पाइन्छ । कतिपय केसमा पैसाको लोभ वा डर देखाएर शारीरिक मानसिक यातना दिइरहेका छन् । यौनहिंसाका उजुरीहरूमा अधिकांश महिला पीडित भएको देखिन्छ । तर, प्रहरीका अनुसार सम्बन्धबाट छुट्टिसकेपछि आर्थिक लेनदेन र साइबर क्राइमका घटना पनि जोडिएर आउने गर्छन् ।

    व्यवहार पश्चिमा शैली खोज्ने सोच पुरातन : डा. मीना उप्रेती
    व्यवहार र सोचमा एकरूपता नहुँदा नेपाली समाजमा ‘लिभिङ टुगेदर’ गम्भीर समस्या बनिरहेको समाजशास्त्री डा. मीना उप्रेतीको बुझाइ छ । उनका अनुसार कुनै पनि नयाँ संस्कृति/ट्रेन्ड समाजमा फिट हुन यसको अवधारणामा निर्भर गर्छ । सुरुमा ‘लिभिङ टुगेदर’को अवधारणालाई बुझ्नुपर्ने हुन्छ । तर, हाम्रो युवापुस्तामाझ यसप्रतिको बुझाइमा कमी छ । उनी भन्छिन्, ‘नेपाली समाजको संरचनासँग ‘लिभिङ टुगेदर’को अवधारणा मेल खाँदैन, अर्थात् हाम्रो संस्कृतिले विवाह नगरी महिला र पुरुष श्रीमान्–श्रीमतीको हैसियतमा बस्न दिँदैन । पछिल्लो समय लहैलहैमा वा बाध्यतावश यो अवधारणा लागू भए पनि सम्बन्धप्रतिको सोचमा परिवर्तन भएन । जसले समस्या निम्त्याइरहेको छ ।’

    उप्रेतीका अनुसार ‘लिभिङ टुगेदर’ अवधारणाले नेपाली महिलामा आत्मनिर्भरता पनि बढेको छ । यसले पितृसत्तात्मक सोचलाई चुनौती दिएको छ । तर, यसको गलत प्रयोगले हिंसालाई पनि बढाइरहेको छ । पीडित महिला मात्र नभई पुरुष पनि छन् । सँगै बस्नेहरू अधिकांशले पछि गएर विवाह गर्ने योजना बनाएका हुन्छन् । तर, सँगै बस्दै जाँदा सामाजिक हैसियत, आर्थिक अवस्था, जात व्यवस्था, उमेर आदि विषयमा मेल हुँदैन । जसले सम्बन्धलाई विवाहमा परिवर्तन गर्न गाह्रो हुने अवस्था छ । यस्ता घटनाले हिंसाको रूप लिने, प्रहरीसम्म उजुरी पुग्ने र मुद्दाको रूप लिएर अदालतसम्म पुग्ने गरेका छन् ।

    ‘लिभिङ टुगेदर’ले गम्भीर समस्या निम्त्याइरहेको छ : डिएसपी चुँडाल
    महिला तथा बालबालिका केन्द्र, कालीमाटी प्रमुख डिएसपी कोपिला चुँडालका अनुसार सहरी क्षेत्रमा ‘लिभिङ टुगेदर’ समस्याको रूपमा देखिन थालेको छ । विवाहेतर सम्बन्ध र प्रेम सम्बन्धमा हुने हिंसा पनि यहीसँग जोडिएर आउने गर्छन् । उनी भन्छिन्, ‘लिभिङ टुगेदर’ले गम्भीर समस्या निम्त्याइरहेको छ ।’ उनका अनुसार यस्ता समस्यामा परेकाहरू उजुरी दिँदा बलात्कारको केस दर्ता गर्न आउँछन् । अनुसन्धान गर्दै जाँदा २२–२३ वर्षका युवायुवतीहरूसमेत नौ वर्षदेखि, पाँच वर्षदेखि, दुई वर्षदेखि सम्बन्धमा भएको बताउँछन् । उजुरीका लागि आउने सबै केस हिंसाका नहुन सक्छन् । धेरैजसोले बलात्कारसम्बन्धी उजुरी हालेर पैसा वा सम्पत्ति दिलाउन माग गर्ने गरेको डिएसपी चुँडाल बताउँछिन् । उजुरी दिनेको उमेर २० वर्षभन्दा कम भए सीधै मुद्दा दर्ता गर्ने गरेको उनको भनाइ छ । तर, उमेर पुगिसकेकाहरूलाई भने काउन्सिलिङ गर्ने गरिएको छ ।

    देखासिकीमा सँगै बस्ने ट्रेन्ड : करुणा कुँवर

    मनोविद् करुणा कुँवरका अनुसार पश्चिमा समाजको देखासिकी नेपालमा पनि छ । अझ नयाँ पुस्ता यस्ता विषयमा अगाडि छ । उनी नेपालका युवायुवती ‘लिभिङ टुगेदर’को ट्रेन्ड नबुझी देखासिबीमा पछि लागेको बताउँछिन् । उनी भन्छिन्, ‘सम्बन्धप्रति परिपक्व व्यक्तिले यस्ता समस्या निम्त्याएको दैखिँदैन । खासगरी, कलेज पढ्ने किशोरीकिशोरी यस्तो सम्बन्धमा बढी छन्, जुन पुस्ता अर्काको देखासिकीमा बढी चलिरहेको हुन्छ ।’ साथी वा सर्कलको देखासिकीमा ‘लिभिङ टुगेदर’को लहर बढिरहेको उनको भनाइ छ ।

    केही समय लिभिङ टुगेदरमा बसिसकेपछि अधिकांश महिलाको सोच विवाह र दीर्घकालीन सम्बन्धप्रति केन्द्रित हुने उनी बताउँछिन् । उनीहरूमा समाजले नस्विकार्ने, अर्को व्यक्तिसँग विवाह गर्न गाह्रो हुने पो हो कि भन्ने डर बढ्दा आकांक्षाहरू बढ्दै जान्छन् । जसले गर्दा सम्बन्ध समस्यामा रूपान्तरण हुने गरेका छन् । उनी भन्छिन्, ‘सम्झौताअनुसार व्यवहार नहुँदा समस्या बढिरहेको देखिन्छ । अनपेक्षित गर्भधारण, पटक–पटक गर्भ फाल्नेजस्ता समस्या बढिरहेका छन् । जसले उनीहरूको स्वास्थ्यमा प्रत्यक्ष असर पारिरहेको छ । यस्ता केसमा युवतीहरू बढी पीडित हुन्छन् र भविष्यप्रति विश्वस्त नहुने हुँदा विवादको विषय बन्ने गर्छ ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑