वीरगन्ज । प्रेस चौतारीको जिल्ला भेला समपन्न भएको भेलाले आसन्न महासंघको निर्वाचनमा चौतारीबाट अध्यक्षको पदमा अनुप तिवारीको नाम घोषणा भएको छ । प्रेस चौतारी नेपाल पर्साको आज जिल्ला भेला भएको छ । वीरगंज स्थित रोयल पार्टी पैलेसमा भएको भेलाले नेपाल पत्रकार महासंघ पर्साको आसन्न निर्वाचनमा चौतारीबाट अध्यक्ष पदमा अनुप तिवारीको नाम घोषणा गरिएको छ ।
नेपाल पत्रकार महासंघ प्रदेश उपाध्यक्ष केसी लामिछानेले चौतारीबाट शाखा अध्यक्ष पदमा तिवारीको नाम घोषणा गरेका थिए । प्रेस चौतारी र नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराको अध्यक्षतामा तथा प्रेस काउन्सिल नेपालका सदस्य एवम चौतारीका प्रदेश इन्चार्ज लालबाबु शेषको प्रमुख आतिथ्यमा भएको भेलामा पत्रकारहरु महेश दास, गया यादव, लक्ष्मी खरेल, महेश गौत्तम, सुर्दशनराज पाण्डे, विजय कुशवाहा अच्युत पौडेल लगायतले मनतव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रेस चौतारी नेपाल पर्सा ले प्रेस काउन्सील को सदस्य मा नियुक्त लाल वावु शेष र एकोराव को प्रदेश सचिव मा निर्वाचित अच्युत पौडेल लाइ सम्मान गरेको थियो ।