• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    बढे मुटुरोगी, खानपान र व्यायाममा ध्यान दिन सुझाव

  • वीरगंज संजाल
  • ७ चैत्र २०७७, शनिबार ०८:५७
  • ३०५७

    वीरगन्ज । कोभिड–१९ को उच्च संक्रमण मत्थर भएका बेला काठमाडौंका अस्पतालहरुमा मुटुरोगीको चाप बढेको छ । कोभिड अवधिमा ९० प्रतिशतले घटेको बिरामीको संख्या अहिले बढ्दै गएको अस्पतालहरुको तथ्यांकले देखाएको छ ।

    ओपीडीमा दैनिक ७०० बिरामी
    बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा कोरोना संक्रमण कम हुँदै गएपछि ओपीडीमा आउने बिरामीको संख्या बढेको छ । कोभिड संक्रमणअघि दैनिक ५०० देखि ६०० को हाराहारीमा बिरामी आउने गरेकोमा अहिले ७०० जना आउने गरेको अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीले बताए । अधिकारीका अनुसार ओपीडीमा आउनेमा अधिकांश नियमित बिरामी छन् । नयाँ बिरामी दैनिक १०० को संख्यामा बढेका छन् ।

    कोभिड संक्रमणका बेला फलोअपमा आउन नपाएका बिरामीहरुको चाप अहिले बढेको थापाथलीस्थित नर्भिक अस्पतालका मुटुरोग विशेषज्ञ डा. नग्मा श्रेष्ठले बताइन् । “दुई महिनाअघिसम्म मुटुरोगीको संख्या घटेको हो किजस्तो महसुस भएको थियो । तर, अहिले रेगुलर बिरामीभन्दा पनि नयाँ बिरामी धेरै थपिएका छन्,” उनले भनिन् ।

    युवामा मुटुको समस्या बढ्दै
    पछिल्लो समय मुटुसम्बन्धी समस्या लिएर आउने युवा उमेरका बिरामी धेरै छन् । ३५ देखि ४५ वर्षसम्मका युवाहरुमा मुटुको समस्या धेरै देखिन थालेको छ । डा. नग्माका अनुसार यो उमेरका व्यक्तिहरुमा उच्च रक्तचापको समस्या धेरै देखिएको छ । अहिले देखिएको यो दरले निकट भविष्यमा नेपालमा मुटुरोगीको संख्या उच्च हुने विशेषज्ञहरुको आँकलन छ । बद्लिँदो जीवशैली र खानपानले मुटुरोगीको संख्या बढेको डा. नग्मा बताउँछिन् ।

    उच्च रक्तचाप मुटुरोगको प्रमुख कारण
    सन् २००० देखि २०२० सम्मको तथ्यांकलाई आधार मानेर गरिएको एक अध्ययनमा अबको पाँच वर्षमा झन्डै ४५ प्रतिशत पुरुषहरुमा उच्च रक्तचापको समस्या हुनसक्ने पाइएको छ । इन्टरनेसनल जर्नल अफ हाइपरटेन्सन नामक जर्नलमा हालसालै प्रकाशित नेपाली अनुसन्धानकर्ताहरुको एक अध्ययन रिपोर्टमा गएको दुई दशकमा नेपाली पुरुषमा उच्च रक्तचाप १३ प्रतिशतले वृद्धि भएको देखिएको छ । तर, सोही समयमा उपचार ११ प्रतिशत र नियन्त्रण ३ प्रतिशतले मात्रै वृद्धि भएको देखिएको छ ।

    सन् २०१६ देखि २०२० सम्म आइपुग्दा नेपालका ३८ प्रतिशत पुरुषमा यो समस्या देखिएको छ । त्यस्तै, २८ प्रतिशत महिलामा उच्च रक्तचाप भएको अध्ययनले देखाएको छ । यही अवधिमा नेपालको कुल ३२ प्रतिशत जनसंख्यामा उच्च रक्तचाप देखिए पनि २७ प्रतिशत मात्रै उपचारको दायरामा आएको पाइएको छ ।

    व्यायाम र खानपानमा ध्यान दिन सुझाव
    उच्च रक्तचाप मुटुरोगको प्रमुख कारक भएको विश्व स्वास्थ्य संगठनको अध्ययनले पनि पुष्टि गरेको छ । नेपालमा बद्लिँदो खानपान र जीवनशैलीले उच्च रक्तचापका बिरामी थपिँदै गएको इन्टरनेसनल जर्नल अफ हाइपरटेन्सनमा प्रकाशित अध्ययन रिपोर्टका प्रमुख अनुसन्धानकर्ता डा. राजाराम ढुंगाना बताउँछन् ।

    मद्यपान नगर्नु, नियमित व्यायाम गर्नु र खानपानमा विशेष ध्यान दिनु उच्च रक्तचाप नियन्त्रणका उपाय भएको उनको भनाइ छ । कम्तीमा आधा घण्टा दैनिक पसिना निस्कने गरी व्यायाम गर्नुपर्ने बताइन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑