• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ठेकेदारलाई कुनै कारबाही नगरी फेरि खोला उत्खनन्‌का लागि अनुमति

  • वीरगंज संजाल
  • ६ चैत्र २०७७, शुक्रबार १६:४६
  • ३२४९

    वीरगञ्ज | पर्साका दुईवटा खोलामा मापदण्ड विपरित भएको भन्दै नदीजन्य पदार्थ उत्खनन्‌मा रोक लगाइएको भएपनि कुनै कारबाही बिना नै ठेकेदारलाई पुनः उत्खनन् गर्न अनुमति दिइएको छ।मापदण्ड विपरित नदीजन्य पदार्थ गिटी बालुवा खोलाबाट झिकेको भन्दै पर्साको वीरगञ्ज महानगरपालिका वडा नमबर ३१ स्थित भेडाहा खोला र पर्सागढी नगरपालिकामा रहेको सिंगयाही खोलामा उत्खनन्‌मा रोक लगाइएको थियो। तर, अहिले फेरि ती खोलाबाट ठेकेदार कम्पनीलाई गिटी बालुवा झिक्न अनुमति दिइएको छ।

    मापदण्ड विपरित खोला उत्खनन् गरिएकोले ठेकेदार कम्पनीहरुलाई स्पष्टिकरण सोधिए पनि अहिले कुनै कारबाही नै नगरी फेरि खोला उत्खनन् गर्न दिइएको छ। ठेकेदार कम्पनीलाई जिल्ला अनुगमन समितिले बिना कुनै कारवाही नै फेरि खोलामा उत्खनन् गर्न दिएको हो।समितिले ठेकेदार कम्पनीलाई चेतावनी दिँदै मापदण्डभित्र रहेर कागज गराइ फेरि खोला उत्खन्न गर्न दिएको अनुगमन समितिका प्रमुखसमेत रहेका जिल्ला समन्वय समितिका सभापति नेक महम्मद अन्सारीले जानकारी दिए।

    उनले ठेकेदारलाई मापदण्डमा रहेर मात्रै खोला उत्खनन् गर्न भनिएको तथा अब उपरान्त मापदण्ड मिचिएको पाइए कडा कारवाही गर्ने चेतावनीसमेत दिइएको बताए।‘दुबै खोलाहरुबाट केहीदिन अघिदेखि फेरि ठेकेदारलाई गिटी बालुवा निकाल्न अनुमति दिएका छौँ,’ उनले भने, ‘ठेकेदारलाई कागज गराइ चेतावनी दिएर नै खोला उत्खनन् गर्न दिएका हौँ।’

    भेडाहा खोलामा मापदण्ड विपरित बर्षेनी भइरहेको उत्खनन्‌का कारण हरेक वर्ष खोलासित जोडिएका वीरगञ्ज महानगरको ग्रामीण क्षेत्र डुबानमा पर्ने गरेको छ।खोलामा आउने बाढीले महानगरको वडा नम्बर २८, २९, ३० र ३१ मा बालीनालीमा क्षति हुने गरेको छ। एक महिनाअघि भेडाहा खोला र सिंगयाही खोलाबाट ठेकेदारहरुले मापदण्ड विपरित गिटी बालुवा झिकेपछि अनुगमन गरिएको थियो।

    अनुगमनको क्रममा ठेकेदारहरुले वातावरणलाई असर पर्ने गरी गिटी बालुवा उत्खनन् गरेको पाइएको थियो। जिल्ला समन्वय समिति पर्साका सभापति नेक महम्मद अन्सारीको नेतृत्वमा पर्साका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले अनुगमन गरेको थियो।अनुगमनको क्रममा ठेकेदारहरुले पाँच फिटसम्म गहिरो गरेर खोलाबाट गिटी बालुवा झिकेका थिए। उनीहरुले जहाँ पायो त्यहीँबाट नदीजन्य पदार्थ झिकेको अनुगमनको क्रममा भेटिएपछि तत्कालै ती दुबै खोलाबाट गिटी बालुवा झिक्नमा रोक लगाइएको थियो। राम मण्डल

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑