वीरगन्ज । जोखिम भत्ताको माग गर्दै वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सक तथा स्वास्थ्य कर्मीहरुले विरोध प्रदर्शन गरेका छन् ।कोरोना महामारीका बखत खटिएका अस्पतालका चिकित्सक तथा कर्मचारीहरूले ‘जोखिम भत्ता चाहियो, कोभिड–१९ मा काम गर्ने को रु भत्ता खाने को रु’ लगायतका नारा लेखिएका प्लेकार्डसहित चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले बिहीबार विरोध प्रदर्शन गरेका हुन् ।जोखिम भत्ता सरकारले अस्पताललाई पठाए पनि अस्पताल प्रशासनले नदिएको कारण विरोधमा उत्रनु परेको डा। उदय नारायण सिंहले बताए ।
तत्कालीन वीरगन्जस्थित कोरोना अस्पतालका संयोजक डा। समेत रहेका सिंहले जोखिम भत्ताको लागि लेखा शाखाले मागेको सम्पूर्ण कागजातहरू दिँदा पनि भत्ता नदिएको कारण विरोधमा उत्रिनु परेको बताए । ‘‘कोरोना महामारीको बेला आफ्नो परिवारलाई त्यागेर, ज्यानलाई जोखिममा राखेर कोरोना संक्रमितहरुलाई उपचार गरेको अवस्थामा नेपाल सरकारले पठाएको जोखिम भत्ता वितरण गर्न अस्पतालले किन ढिलाइ गरेको छ रु, उनले भने, अस्पतालका ४ सय जति चिकित्सक र स्वास्थ्यकर्मीहरुले जोखिम भत्ता खान सकेका छैनन् ।’’ उनले चाँडो भन्दा चाँडो जोखिम भत्ता वितरण गर्नुपर्ने माग गरे ।
यता अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट संजय ठाकुरले जोखिम भत्ताको सबै चिकित्सकले माग गरेका कारण खुवाउन समस्या भएको बताए । ‘‘जोखिम भत्ताको लागि कोभिडमा काम गर्ने कर्मचारीको डिउटी प्रमाणित गर्न भनेका छौँ,’ उनले भने, त्यसको लागि समिति पनि बनाएका छौँ, ड्युटी प्रमाणित गरेर आए लगतै नेपाल सरकारको नियम अनुसार भत्ता लेखा शाखाले खुवाउने छ ।’’