• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    हट्यो मरीच, केराउ, छोकडा र सुपारी आयातको पूर्ण प्रतिबन्ध

  • वीरगंज संजाल
  • ६ चैत्र २०७७, शुक्रबार ०७:३०
  • ३४७३

    वीरगंज । सरकारले मरीच, केराउ, छोकडा र सुपारी आयातमा लगाएको प्रतिबन्ध हटाएको छ । गत फागुन २५ गतेको मन्त्रिपरिषद् बैठकले उक्त चारओटा वस्तुमा लगाएको पूर्ण प्रतिबन्ध हटाएर परिमाणात्मक बन्देज लगाएको हो ।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिशमा सरकारले उक्त वस्तु तोकिएको कोटामा मात्र आयात गर्न दिने निर्णण गरेको हो । मन्त्रालयकी उपसचिव तथा सहायक प्रवक्ता उर्मिला केसीले कोटाका आधारमा उक्त चार वस्तुको आयात खुला गरिएको बताइन् ।

    यससम्बन्धी आवश्यक सूचना भने आउँदो सोमबारको राजपत्रमा प्रकाशन गरिने उनले जानकारी दिइन् । सम्बद्ध वस्तु कति परिमाणमा आयात गर्न दिने भन्ने विषय केही खुलाउन नमिल्ने उनको भनाइ छ ।

    ‘हाललाई कोटा प्रणालीमा यी वस्तुको आयात गर्ने दिने व्यवस्था गरेका छौं । यदि भविष्यमा आयातित वस्तुले पुगेन र मागअनुसार आपूर्ति गर्न सकिएन भने पुनर्विचार हुन सक्छ,’ उनले भने ।

    कोरोना महामारी नियन्त्रण गर्न लगाइएको बन्दाबन्दीको अवस्थामा सरकारले गत वर्षको चैतमा धेरै आयात हुने वस्तु आयातमा रोक लगाएको थियो । त्यस क्रममै मरीच, केराउ, छोकडा र सुपारी आयातमा भने पूर्ण प्रतिबन्ध लगाइएको थियो । त्यतिबेला मदिरालगायत अन्य वस्तुको आयातमा पनि रोक लागेको थियो ।

    कोरोना संकटमा विदेशिने मुद्रालाई बाहिर जान नदिन यस्तो निर्णय गरिएको थियो । अहिले महामारी सामान्य हुँदै गएपछि सरकारले विभिन्न वस्तु आयातमा लगाएको प्रतिबन्ध फुकुवा गर्दै गएको हो । सरकारले मदिरामा लगाएको प्रतिबन्ध गत असोजमै फुकुवा गरेको थियो । सरकारले आयातमा प्रतिबन्ध लगाउँदा यी वस्तुको आयात तथा व्यापार गर्दै आएका उद्योगी तथा व्यापारी प्रभावित भएका थिए । प्रतिबन्धले विशेषगरी केराउको कारोबार गर्ने उद्योग बढी प्रभावित भएका थिए ।

    उद्योगीहरूले आयातित केराउबाट दाल बनाएर स्वदेशी बजारमा विक्री गर्दै आएका थिए । सरकारले आयातमा प्रतिबन्ध लगाएपछि उनीहरूको व्यापार सुक्ने अवस्थामा पुगेको थियो । त्यसमाथि नेपाली बजारमा यी वस्तुको अभाव हुँदा मूल्य बढेको थियो ।

    सरकारको नयाँ निर्णयले भने दाल उद्योगहरूलाई उकास्न सहज हुने उद्योगीहरू बताउँछन् । साथै, सम्बद्ध वस्तुको आपूर्ति पनि सहज हुने उनीहरूको तर्क छ ।

    आयातमा कोटा तोकिए पनि एकैपटक आयात गर्न भने दिन नहुने व्यवसायीको माग छ । बाह्रै महीना पुग्ने गरी महीना–महीनामा निश्चित मात्रामा आयात गर्न दिनुपर्ने उनीहरूको सुझाव छ ।

    कतिपय व्यापारीले भने यी वस्तु आयातमा कोटा प्रणाली लागू गरेकोमा आपत्ति व्यक्त गरेका छन् । केराउको व्यापार गर्दै आएका एक व्यापारीले सरकारको यो निर्णय न्यायोचित नभएको बताए ।

    ‘सरकारले गतवर्ष मदिरा आयातमा पनि पूर्ण प्रतिबन्ध लगाएको थियो । तर, गत दशैंअघि त्यसमा लगाइएको प्रतिबन्ध फुकुवा गरियो,’ उनले भने, ‘तर, मरीच, केराउ, छोकडा र सुपारीजस्ता नेपालीका लागि बढी आवश्यक वस्तु आयातमा परिमाणात्मक बन्देज लगाएको छ । यो कुनै पनि हालतमा न्यायोचित भएन ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑