• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    जीडीपीको १५ प्रतिशतसम्म लगानी पूर्वाधारमा आवश्यक

  • वीरगंज संजाल
  • ६ चैत्र २०७७, शुक्रबार ०६:४१
  • ४४१३

    काठमाडौं । मुलुकको पूर्वाधार विकासलाई प्राथमिकीकरण गर्दै लगानीको दायरा बढाउन आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् । पूर्वाधार विकासमा मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को करीब १२ देखि १५ प्रतिशतसम्म लगानी आवश्यक भएको उनीहरूले औंल्याएका छन् ।

    नेपालको पूर्वाधारमा देखिएको लगानी ‘ग्याप’, अवरोध र सम्भावनाका विषयमा नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बिहीवार काठमाडौंमा आयोजना गरेकोे कार्यक्रममा सरकारका पूर्वसचिव कृष्ण ज्ञवालीले नेपालको आवश्यकता अनुसारको पूर्वाधारको विषयलाई प्राथमिकीकरण गर्न जरुरी रहेको बताए । हाल निर्माणाधीन आयोजनामा सुशासन दुर्बल रहेको भन्दै उनले अनुगमन तथा नियमनलाई प्राथमिकतामा राख्न जोड दिए ।

    यस्तै समग्र पूर्वाधार विकासलाई समेट्न एकीकृत नीति पनि आवश्यक भएको उनको भनाइ छ । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पूर्व सहसचिव कमल पाण्डेले लगानीको ग्याप पूरा गरेर आयोजनालाई प्राथमिकीकरण गर्न सुझाव दिए ।

    कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले पूर्वाधार विकास बहसमा मात्रै सीमित भएको र व्यक्ति केन्द्रित भएको बताए । आयोजनालाई प्राथमिकीकरण नगर्ने र पर्याप्त मात्रामा बजेट पनि उपलब्ध नगराउँदा आयोजनाको काम प्रभावित हुँदै आएको उनको भनाइ छ । ‘विकासे मन्त्रालय र अर्थ मन्त्रालयबीचको जुहारीले आयोजनाले पर्याप्त बजेट पाउन सकेका छैनन्,’ उनले भने, ‘त्यसैले पूँजीगत बजेट खर्च हुँदैन भन्नु भ्रम मात्रै हो ।’

    नेपाली निर्माण कम्पनीको क्षमता वृद्धिमा सरकारले भूमिका नभएको टिप्पणी समेत उनले गरे । ‘८/१० ओटा कम्पनीले मात्रै कुल सार्वजनिक खरीदको ८० प्रतिशत हिस्सा पाउने भएकाले अन्य कम्पनीले अवसर नै नपाई कार्टेलिङ भइरहेको छ,’ उनले भने । अहिले पनि १ खर्ब खर्च हुने अवस्था रहेको, तर अर्थले कनिका छराइ तरिकाले बजेट दिँदै आएकाले हालसम्म २३ प्रतिशत मात्रै पूँजीगत खर्च भएको र आगामी त्रैमासमा पनि सोही प्रतिशत मात्र खर्च हुने आकलन गरिएको उनको भनाइ छ ।

    त्रिभुवन विश्वविद्यालय, अर्थशास्त्र विभागकी प्रमुख तथा अर्थशास्त्री कुशुम शाक्यले जनसंख्याको वृद्धि र पूर्वाधार विकासको गतिमा तालमेल नमिल्दा आधारभूत सेवाबाट पनि आमजनता वञ्चित हुनुपरेको बताइन् । पूर्वाधारको विकास जनताको आवश्यकता र मागलाई हेरेर मात्रै हुनुपर्नेमा जोड दिँदै उनले आधारभूत पूर्वाधारको उपलब्धता सहज बनाउनेतर्फ लगानी केन्द्रित गर्न सुझाइन् ।

    कार्यक्रममा सहभागीहरूले नेपालमा सुरुङमार्ग जस्ता ठूला आयोजना बन्न थालेकाले निजीक्षेत्रलाई मेशिन÷इक्वीपमेन्ट खरीदमा छूट दिनुपर्ने र बूट मोडलबाट आयोजना अघि बढाएर निजीक्षेत्रलाई लगानीका लागि आकर्षित गर्न सुझाव दिए । प्रतिफलको सुनिश्चितता भएमात्रै पूर्वाधारका अन्य क्षेत्रमा निजीक्षेत्रले लगानी गर्न सक्ने पनि उनीहरूको भनाइ थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑