• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अर्थतन्त्र पुरानै लयमा गएको हो त ?

  • वीरगंज संजाल
  • ५ चैत्र २०७७, बिहीबार ०७:५९
  • २०२५

    वीरगंज | कोरोनाका कारण कर्जा प्रवाह ठप्प हुँदा बैंकहरूमा तरलता थुप्रिएको थियो । बैंकहरूले झन्डै २ खर्ब तरलता रहेको भन्दै टाउको दुखाएका थिए भने नेपाल राष्ट्र बैंकले बजारबाट अधिक तरलता प्रशोचन गर्नु परेको थियो । तर, अहिले अकस्मात् बजारमा तरलता कम भएको समाचार सार्वजनिक भएको छ । त्यसकै परिणामस्वरूप शेयर बजारको चकम घट्न थालेको छ । दैनिक १० अर्बको कारोबार हुुने सेयर बजारमा अहिले ५ अर्बको पनि कारोबार हुन सकेको छैन । बजार परिसूचक पनि ओरालो लाग्न थालेको छ ।

    गत पुसको दोस्रो साता २ खर्बको हाराहारीमा बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था थियो । अहिले ४७ अर्ब ३८ करोड रुपैयाँ तरलता रहेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । तरलता अभाव हुन थालेपछि बैंकहरूको एक बैंकले अर्को बैंकसँग सापटी लिने अन्तर बैंक कारोबारको भारित औषत ब्याजदर पनि बढ्न थालेको छ । गत पुसको १५ गते बैंकिङ प्रणालीमा १ खर्ब ९१ अर्ब रुपैयाँ अधिक तरलता हुँदा अन्तर बैंक ब्याजदर शून्य दशमलव २१ प्रतिशत थियो । माघको १ गते १ खर्ब ५१ रुपैयाँ तरलता थियो भने अन्तरबैंक ब्याजदर शून्य दशमलव २१ प्रतिशत रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

    पछिल्लो समयमा उत्पादनशील क्षेत्रमा कर्जाको माग बढ्दा र आयात बढ्दा तरलतामा दबाब परेको बताइएको छ । यही क्रमले कर्जाको माग बढ्दै गए तरलता व्यवस्थापनमा केही दबाब पर्ने तथा निक्षेपको ब्याजदर बढ्ने सम्भावना देखिन्छ ।

    अहिले बैंक तथा वित्तीय संस्थामा कर्जाको मागअनुसार ऋणयोग्य रकमको अभाव हुँदै गएको छ । तरलता संकुचन हुँदा कर्जाको मागअनुसारको आपूर्ति गर्न बैंकहरूले निक्षेपकर्तालाई आकर्षण गर्ने हुँदा निक्षेपको ब्याजदर बढ्ने देखिन्छ । ब्याजदर बढ्ने संकेत पाएर नै अहिले ठूला र बाठा लगानीकर्ताहरू शेयरबजारबाट बाहिरिएको अनुमान छ, जसका कारण कारोबार रकम घट्दै गएको छ । यसले गर्दा नयाँ लगानीकर्ता फस्ने सम्भावना पनि हुन्छ । त्यसतर्पm लगानीकर्ताको ध्यान जानु जरुरी छ ।

    नेपाल राष्ट्र बैंकका अनुसार आयातको परिमाण बढ्दो छ । व्यापारघाटाको आँकडा पनि त्यसैअनुसार बढ्ने देखिन्छ । तर, बैंकको कर्जा उत्पादनशील क्षेत्रमा बढी गएको छ घरजग्गा तथा शेयर कर्जामा बढी गएको छ त्यो हेर्नुपर्ने हुन्छ । जेहोस् कर्जा प्रवाह बढ्नु भनेको अर्थतन्त्र पुरानै लयमा फर्कनु हो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑