• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपाल समूहको भेलाः आफ्नै अध्यक्षमाथि आरोपको थुप्रो

  • वीरगंज संजाल
  • ५ चैत्र २०७७, बिहीबार ०६:५०
  • २९७३

    काठमाडौं । ‘नेकपा एमालेको एकता बचाऔं, कम्युनिस्ट आन्दोलनको रक्षा गरौं’ भन्ने मूल नारासहित सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले का वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहको दुईदिने राष्ट्रिय भेला बुधबारदेखि काठमाडौंमा सुरु भएको छ ।काठमाडौंमा भइरहेको सो राष्ट्रिय भेलामा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री नेपालले अवधारणापत्र पेस गर्दै प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता नचाहेको आरोप लगाएका छन् । कार्यक्रममा बोल्ने प्रायः सबै जसोले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आरोपै आरोप लगाए ।

    उद्घाटन सत्र सकेर सुरु भएको बन्दसत्रमा अवधारणापत्र पेस गर्दै वरिष्ठ नेता नेपालले पार्टी अध्यक्ष ओली एमाले विभाजन गर्न अगाडि बढेकाले पार्टी एकता बचाउन राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्नुपरेको दाबी गरे । अवधारणापत्रमा ओलीको कार्यकालको समीक्षा गर्दै राजीनामा माग गरिएको छ ।
    ‘संविधानको गलत व्याख्या गर्दै अदालतले दुई पार्टीको राजनीतिक एकतालाई कानुनी व्याख्याद्वारा नेकपा एमालेलाई एकीकरणभन्दा अघिको अवस्थामा पु-यायो । त्यो घटना कम्युनिस्ट आन्दोलनका लागि हामी आफैंले कबोल गरेका वाचाको प्रतिकूल थियो । त्यसमा समेत हर्षबढाइँ गरेर कमरेड केपी ओलीले एकताबद्ध नेपाल कम्युनिस्ट पार्टीको विभाजलाई आफ्नो गुटको विजय र अरूको पराजयका रूपमा प्रचार गराउनुभयो,’ अवधारणापत्रमा भनिएको छ ।

    एमाले नेता युवराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र डा. वेदुराम भुसालसहितको पाँच सदस्यीय कार्यदलले अवधारणापत्र तयार गरेको बताइएको छ ।७० वर्षमा कम्युनिस्ट आन्दोलनले गरेको त्याग, बगाएको रगत, भोगेको यातना, खपेको बलिदान, कमाएको प्रतिष्ठा, प्रदर्शन गरेको धैर्य, प्रमाणित गरेको दूरदृष्टिको रक्षा गर्न, त्यसबाट मुलुकले पाएका उपलब्धिको विस्तार गर्न र श्रमजीवी जनवर्गको पक्षमा अझ नयाँ–नयाँ क्षितिज उघार्दै अघि बढ्न पर्याप्त सम्भावना रहेको विषयलाई समेत अवधारणापत्रमा उल्लेख गरिएको छ ।

    १० समूहमा छलफल
    राष्ट्रिय भेलामा सहभागी नेताको १० वटा समूह बनाएर समूहगत छलफल भइरहेको छ । वरिष्ठ नेता नेपालले प्रस्तुत गरेको अवधारणापत्रमा छलफल हुने र समूहका नेताले सुझाव प्रस्तुत गर्ने बताइएको छ । जनवर्गीय संगठन र पेसागत संगठन, पूर्वसांसद– पूर्वकेन्द्रीय सदस्यहरू–केन्द्रीय निकाय तथा विभागहरू, प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम गरी समूहहरूको विभाजन गरिएको केन्द्रीय सदस्य दिलु पन्तले बताइन् ।कार्यक्रममा एमाले वरिष्ठ नेता झलनाथ खनालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले पार्टीलाई विभाजनतर्फ लैजान लागेको आरोप लगाए । खनालले सर्वोच्च अदालतको फैसलापछि पार्टीको बैठक राखेर नयाँ रूपले अघि बढ्ने पहल कदमी लिनुपर्नेमा प्रधानमन्त्री ओलीले गुट भेलाबाट पार्टीको विधानविपरीत निर्णय गरेको आरोप लगाए ।

    एमाले नेत्री अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष ओलीको समूहले २८ फागुनमा गरेको निर्णय सच्याए मात्र छलफलमा बस्न सकिने बताइन् । भेलालाई सम्बोधन गर्दै उनले केपी समूहले गरेको निर्णय विधिसम्मत नभएको बताउँदै भनिन्, ‘फागुन २८ को भेला पार्टीको होइन गुटको हो, त्यो विधिसम्मत छैन । त्यसलाई नसच्याएसम्म कुनै छलफल हुन सक्दैन् ।’ओलीइतरका नेताहरूको सहभागिता रहेको सो भेलामा वरिष्ठ एवं अग्रज नेताहरूको विशेष सहभागिता रहेको छ । कम्युनिस्ट आन्दोलनका अग्रज तथा एमालेका पुराना नेताहरू कमल कोइराला, मोहनचन्द्र अधिकारी, केशव पोखरेल, राधाकृष्ण मैनाली, सिद्धिलाल सिंह, अमृतलाल बोहोरालगायतको विशेष सहभागिता रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑