• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्जसहितका नाका आजदेखि औपचारिक रुपमा खुल्ने

  • वीरगंज संजाल
  • ५ चैत्र २०७७, बिहीबार ०६:४७
  • १०१४९

    वीरगन्ज |वीरगन्जसहितका नाका आजदेखि औपचारिक रुपमा खुल्ने भएका छन् । कोरोनाका कारण चैत १० गतेदेखि बन्द रहेका वीरगन्ज सहितका अन्तर्राष्ट्रिय स्थल नाकाहरु बिहीबारदेखि औपचारिक रुपमा खुल्ने भएका छन्। उपप्रधानमन्त्री ईश्वर पोखरेलले उच्चस्तरीय केन्द्रीय कोभिड-९ व्यवस्थापन केन्द्र (सिसिएमसी) को बिहीबार बैठक बसेर नाकाहरु खोल्ने निर्णय गर्ने जानकारी दिएका हुन्।यसअघि माघ ११ मा बसेको मन्त्रिपरिषदको बैठकले वीरगन्ज सहित दशेभरका ३० वटा स्थलनाका खोल्ने निर्णय गरेर माघ १५ गते जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरिएको जानकारी गराएको थियो। तर भारतबाट नेपाल प्रवेश गर्ने प्रमुख स्थल नाका वीरगन्जमा भने सरकारको निर्णय हालसम्म पनि कार्यन्यवनमा आएको छैन।

    नाका पुर्ववत अवस्थामा नखुल्दा वीरगन्ज र यस आसपासका होटल र पर्यटन व्यसाय धराशायी भएका छन्। त्यसैले नाका खोल्न माग गर्दै होटल तथा पर्यटन व्यवसायी संघ पर्सा र पर्यटन पत्रकार संघ पर्साले बुधबार सिसिएमसीका संयोजक समेत रहेका उप्रप्रधानमन्त्री ईश्वर पोखरेललाई ज्ञापन पत्र बुझाएको छ। बुधबार मन्त्री निवासमै पुगेर दुबै संघले बुझाएको ज्ञापन पत्र बुझ्दै उपप्रधानमन्त्री पोखरेलले बिहीबार अपरान्ह ४ बजे बस्ने सिसिएमसीको बैठकले नाका खोल्ने निर्णय गर्ने आश्वासन दिएको होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले जानकारी दिए। पन्तले भने, ‘उपप्रधानमन्त्री ज्युले बिहीबार सिसिएमसिको बैठक बस्ने र बैठकले नाका खोल्ने निर्णय गर्ने आश्वासन दिनु भएको छ, त्यसैले अब नाका पूर्ववत अवस्थामै खुल्छ भन्ने विश्वास गरेका छौं।’

    वीरगन्ज र यस आसपासका होटल तथा रिसोर्टहरु ७० देखि ८० प्रतिशत भारतीय पर्यटकको भारमा निर्भर रहेको भन्दै पन्तले भने, ‘तर कोरोनाका कारण चैत १० गतेदेखि बन्द सीमा नाका संचालनमा नआउँदा हाम्रो व्यवसाय चौपट भएको छ।’ त्यसैले नाका तत्काल खुला गरिदिन आग्रह गर्दै उपप्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको पन्तले बताए । वीरगन्ज क्षेत्रमा भारतीय पर्यटक भित्र्याउने लक्ष्यसहित गएको हप्ता मात्रै होटल तथा पर्यटन व्यवसायी संघ पर्साले ‘पर्यटन पुनरुत्थानको लागि साझेदारी’ कार्यक्रमको घोषणा गरेको थियो। लामो समय सीमा नाका बन्द हुँदा वीरगन्जमा सञ्चालित होटलहरुको करिब सवा ६ अर्ब लगानी जोखिममा परेको होटल व्यवसायीहरुले बताएका छन्।

    कोरोना भाइरसको संक्रमण बढेको भन्दै गएको वर्ष चैत १० गतेदेखि सरकारले सीमा नाका बन्द गराएको हो। भारत सरकारले आफ्नो तर्फको नाका कात्तिक ६ गतेदेखि नै खोलिसकेको भए पनि नेपाल सरकारले भने वीरगन्ज सहितका नाका अझै पनि औपचारिक रुपमा खोलेको छैन।
    सरकारको निर्णयसँगै वीरगन्ज नाकामा भारतबाट मानिसको आउजाउ सुचारु भए पनि मालबाहक बाहेक अन्य सवारी साधनलाई सीमा खटिएका सुरक्षकर्मीले नााकमै रोकेर फिर्ता पठाइदिने गरेका छन्। जसका कारण भारतबाट नेपाल आउन चाहने भारतीय दशगजा क्षेत्रमै आफ्ना सवारी साधन थन्क्याएर पैदल वीरगन्ज आउजाउ गर्न बाध्य छन्।

    माघ ११ गतेको सरकारको निर्णयपछि नाका खुलेको भनिए पनि अवस्था लकडाउनकै जस्तै विद्यामन रहेको पन्तले बताए। ‘एक त लकडाउनमा झण्डै ८ महिना यहाका सबै होटल बन्द नै भए, माघ ११ मा सरकारले नाका खोल्यो भनेपछि व्यवसाय पुन लयमा फर्किन्छ भन्ने अपेक्षा थियो’, पन्तले भने,‘तर हालत उही लकडाउनकै जस्तै छ, भारतीय पर्यटक नआउँदा होटलको खर्च धान्न पनि धौ धौ छ।’सरकारले नाका खोलिसकेको भने पनि नेपाल प्रवेश गर्ने झन्झटिलो प्रकृया र नाकामा खटिएका सुरक्षाकर्मीहरुले दु:ख दिने गरेका कारण भारतबाट पर्यटकहरु आउन नसकेको पर्यटन पत्रकार संघका सदस्य राधेश्याम पटेलले बताए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑