• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपालमा आइपुग्यो अवैध मोबाइलमाथि प्रतिबन्ध लगाउने उपकरण

  • वीरगंज संजाल
  • ४ चैत्र २०७७, बुधबार ०९:४७
  • ४५२५

    वीरगन्ज । नेपालमा भित्रिने अवैध मोबाइल नियन्त्रणका लागि नेपाल दूरसञ्चार प्राधिकरणले अगाडि बढाएको मोबाइल डिभाइस म्यानेजमेनट सिस्टम (एमडीएमएस) का लागि आवश्यक उपकरण काठमाडौं आइपुगेको छ । परियोजनाका लागि आवश्यक पहिलो चरणको सामान उपत्यका भित्रिएको प्राधिकरणले जनाएको छ ।

    नियामकले सोमबार विज्ञप्ती जारी गर्दै यसबारे जानकारी दिएको हो । दर्ता नभएका मोबाइल बन्द गर्ने प्रयास स्वरुप दुई वर्ष अघि नै यो परियोजना अगाडि बढाएको थियो ।

    त्यसका लागि गत भदौमा चार महिनाभित्र एमडीएमएस जडान सम्पन्न गर्नेगरी न्युमेरा एसडीएन बीएचडी मलेसिया, ओएसआई कन्सल्टिङ प्रालि इन्डिया र नमस्ते ग्लोबल कम प्रालि सिंगापुरको संयुक्त उपक्रम कम्पनीलाई ठेक्का दिइएको थियो ।

    एमडीएमएसको डिजाइन, विकास, आपूर्ति, जडान, परीक्षण र सञ्चालन गर्ने गरी उक्त कम्पनीलाई जिम्मा दिइएको भए पनि अहिलेसम्म परियोजना सम्पन्न हुन सकेको छैन । प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालका अनुसार सिस्टमका लागि आवश्यक सफ्टवेयर तयार भइसकेको छ ।

    ‘परामर्शदाताबाट मोबाइल सेवा प्रदायक, भन्सार विभाग तथा मोबाइल आयातकर्ता लगायत सरोकारवालाहरुसँग समेत छलफल गरी सिस्टम अनुरुपको सफ्टवेयर विकासको काम सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ ।

    लामो समयसम्म सिस्टम कहाँ राख्ने भन्ने विषय यकिन नहुँदा ढिलाई हुन पुगेको उल्लेख गरिएको छ । २०७६ कात्तिक ५ गते नेपाल सरकार मन्त्रिपरिषदबाट रेडियो नेपालको ललितपुर खुमलटार स्थित ४२ रोपनी जग्गा नेपाल दूरसञ्चार प्राधिकरणलाई उपलब्ध गराउने निर्णय भए पश्चात उक्त सिस्टम पनि खुमलटारमै स्थापना गर्ने तयारी प्राधिकरणले गरेको थियो ।

    तर, २०७६ माघ महिनासम्ममा पनि रेडियो नेपालले उक्त जग्गा प्राधिकरणलाई हस्तान्तरण गर्न सकेन । त्यसपश्चात प्राधिकरणले आफ्नो स्वामित्वमा रहेको चाबहिल स्थित जग्गामा राख्ने निर्णय लिएको थियो ।

    तर निर्णय लगत्तै विश्वव्यापीरुपमा देखिएको कोरोनाको महामारीले पुनः यो परियोजनामा ढिलाई हुन पुगेको उल्लेख गरिएको छ । उक्त विज्ञप्तीमा अगाडि भनिएको छ, ‘विश्वव्यापी रुपमा फैलिएको कोरानाका कारण सिस्टमको लागि आवश्यक प्रणाली आयातमा कठिनाई भएको थियो । साथै मलेसियाबाट उक्त सिस्टम जडान गर्न विज्ञहरु आउनुपर्नेमा अन्तर्राष्ट्रिय उडान अवरुद्ध हुँदा उनीहरु नेपाल आउन सकेका छैनन् ।’

    यसका बाबजूद पहिलो चरणको उपकरण भित्रिएका प्राधिरकणले जनाएको छ । प्राधिकरणका अनुसार उक्त उपकरण हाल राष्ट्रिय सूचना प्रविधि केन्द्रको सिंहदरबार स्थित कार्यालयमा राखिएको छ । त्यसका लागि आवश्यक अन्य सामग्रीका साथै विज्ञ टोली नेपाल आउने वित्तिकै यो सिस्टम सञ्चालनमा आउने नियामकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑