• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मेची–महाकाली विद्युतीय रेलमार्ग सर्वे सुरु

  • वीरगंज संजाल
  • ३ चैत्र २०७७, मंगलवार ०६:४३
  • ३५०१

    वीरगञ्ज ।। निक्कै महत्वको मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माणअन्तर्गत यसअघि स्थानीयको अवरोधका कारण रोकिएको सर्वेको काम अघि बढेको छ ।रेल मार्ग मानवबस्ती र निजी खेतीयोग्य जमिनमा नपर्ने गरी अघि बढाउने सहमति गरेर सर्वेको काम थालिएको हो । बाराको बकैया खोला किनार ड्यामको पूर्वी किनारलाई समाउँदै रेलमार्ग निर्माण गर्ने सहमति भएपछि स्थानीय पनि सर्वेको काम अघि बढाउन सहमत भएका हुन् । सो मार्गबाट रेलमार्ग अघि बढाउँदा मानवबस्ती, निजी खेतीयोग्य जमिन नपर्ने र तटबन्धको दीर्घकालीन समस्यासमेत समाधान हुने स्थानीयहरू बताउँछन् ।

    यसअघि रेलमार्ग बस्ती र खेतीयोग्य जमिनबाट अघि बढाउन खोजेको र कसैलाई जानकारी नै नदिई सर्वे गरेको भन्दै स्थानीयले अवरोध गरेका थिए ।

    निजगढ नगरपालिकामा भएको छलफलपछि समस्या समाधान भएको हो । यसअघि, गत ९ फागुनमा रेल विभाग काठमाडौंका महानिर्देशक प्रमिला बज्राचार्य, रेलमार्गका लागि युसिङ कोरियन सर्वे कन्सल्ट्यान्टका मुख्य सर्वेयर मिस्टर कु, मिस्टर सोन, रेल विभागका सिनियर डिभिजन इन्जिनियर देवेन्द्रप्रसाद साह, नेपाली सर्वे कन्सल्ट्यान्टका जियोलोजिस्ट अच्युत कोइरालासहितको प्राविधिक टोलीले निजगढको बकैया खोलाको पूर्वीतर्फको क्षेत्रको स्थलगत अनुगमन गरेको थियो ।

    बकैया खोलाको पूर्वी किनारबाट सर्वे गर्दा कुनै हानिनोक्सानी नहुने भन्दै कुनै समस्या देखिए पारिबाट गर्ने सरकारी र कन्सल्टेन्सी टोलीले बताएपछि रोकिएको सर्वे अघि बढेको हो ।निजगढ नगरपालिकामा भएको सहमतिअनुसार नै रेलमार्ग लैजाने गरी सर्वे अघि बढाइएको जनाइएको छ । मेची–महाकाली विद्युतीय रेलमार्गअन्तर्गतको रौतहटको चोंचासम्म ठेक्का लगाइसकेको छ । निजगढ–हेटौंडा–भरतपुर लैजानेगरी सर्वे गरिने रेल विभागले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • चोरमाराको पुल भाँच्चियो, पूर्व-पश्चिम राजमार्ग ठप्प
  • उच्च रक्तचापमा यौन सम्बन्धको जोखिम
  • गर्जिए मोदी – हाम्रा दिदीबहिनीको सिन्दुर निकाल्दाको परिणाम के हुन्छ, आज दुनियाँलाई थाहा छ
  • धनुषामा बिहेको भोज खाएका १ सय भन्दा बढी बिरामी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    चोरमाराको पुल भाँच्चियो, पूर्व-पश्चिम राजमार्ग ठप्प

    उच्च रक्तचापमा यौन सम्बन्धको जोखिम

    गर्जिए मोदी – हाम्रा दिदीबहिनीको सिन्दुर निकाल्दाको परिणाम के हुन्छ, आज दुनियाँलाई थाहा छ

    धनुषामा बिहेको भोज खाएका १ सय भन्दा बढी बिरामी

    प्रहरीले गाँजा जलाउँदा सहर नै मातिएपछि

    युद्धविरामपछि भारतका ३२ वटै विमानस्थल खोलिए

    राष्ट्रको हित सांस्कृतिक विविधताको सम्मानबाट मात्र सम्भव : अध्यक्ष प्रचण्ड

    न्युजिल्यान्डमा पनि बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाउने प्रस्ताव

    ७.१ प्रतिशतले बढ्यो निजी क्षेत्रमा कर्जा प्रवाह

    पत्रकार महिलाको अर्थपूर्ण सहभागितामा अवरोध छः उपसभामुख राना

    चोरमाराको पुल भाँच्चियो, पूर्व-पश्चिम राजमार्ग ठप्प

    गर्जिए मोदी – हाम्रा दिदीबहिनीको सिन्दुर निकाल्दाको परिणाम के हुन्छ, आज दुनियाँलाई थाहा छ

    धनुषामा बिहेको भोज खाएका १ सय भन्दा बढी बिरामी

    प्रहरीले गाँजा जलाउँदा सहर नै मातिएपछि

    युद्धविरामपछि भारतका ३२ वटै विमानस्थल खोलिए

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    चोरमाराको पुल भाँच्चियो, पूर्व-पश्चिम राजमार्ग ठप्प

    News

    उच्च रक्तचापमा यौन सम्बन्धको जोखिम

    News

    गर्जिए मोदी – हाम्रा दिदीबहिनीको सिन्दुर निकाल्दाको परिणाम के हुन्छ, आज दुनियाँलाई थाहा छ

    News

    धनुषामा बिहेको भोज खाएका १ सय भन्दा बढी बिरामी

    News

    प्रहरीले गाँजा जलाउँदा सहर नै मातिएपछि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑