१. ५० टन खाद्यान्न
एक जना मानिसले बाँचुन्जेलसम्म औसत रुपमा करिब ५० टनजति खाद्यान्न आइसक्ने गर्छ ।
२. मसीको पहिलो प्रयोग कर्ता
लेख्नका लागि सबैभन्दा पहिला मसी प्रयोग गर्नेहरु प्राचीन मिश्रबासीहरु नै थिए ।
३. पग्लिनु नै ढाक्नु
यदि दक्षिणी ध्रुवमा अवस्थित अन्टार्कटिका महादेशमा रहेका सबै हिमशिला पग्लने हो भने पृथ्वीको सबै भूमि पानीले ढाक्छ ।
४. धेरै धान उत्पादन
९०% धान एसिया महादेशमै उत्पादन हुने गर्छ ।
५. रानी धमिरा
एउटा रानी धमिराले अण्डा पार्ने समयमा १ सेकेन्ड बराबर एउटा अण्डा पार्छे र वर्षभरिमा ४४ करोड अण्डा पार्छे । उसले १४ वर्षसम्म अण्डा पार्ने गर्छे ।
साभार : ‘रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु’ पुस्तकबाट