भिस्वा। २ चैत । पर्साको छिपहरमाई गाउँपालिका वडा नः १ मिर्जापुरमा अखिल नेपाल महिला संघको वडा स्तरिय कमिटी गठन भएको छ । छिपहरमाई गाउँपालिकाको वडा नं १ मिर्जापुरमा भएको एक भेलाले प्रमीला देवी यादवकाे अध्यक्षतामा १३१ सदस्यीय कमिटी गठन गरेको छ।
उक्त कमिटीको उपाध्यक्ष नजमा खातुन, सचिव श्रीपती देवी, सह सचिव रमावती देवी हजारा, कोषाध्यक्ष श्रीमती देवी चयन भएका छन् ।यस्तै ७ सदस्यीय सल्लाहकार समिति समिति चयन गरिएकाे छ।
सल्लाहकार समितिमा निर्मला देवी ,सबीता देवी राम, प्रतीमा देवी,लक्ष्मीना देवी, भुवा देवी,सुगान्धी देवी,उमरावती देवी रहेका छन्।
छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ताको प्रमूख अतिथ्यता तथा वडा नः १ का वडा अध्यक्ष राजबली राउत अहिरको विशिष्ट आतिथ्यतामा भएकाे भेलामा वडा सदस्य भाग्रीत महरा, रहमान मिया,मनीफ मिया, पर्सन यादव, रामेश्वर शाह,मंगनि यादव, राजेश यादव ,भिखारी पटेल लगायतकाे उपस्थिती रहेको थियो ।भने उक्त कार्यक्रममा स्वागत मन्तव्य सुबास साहले गरेका थिए ।