वीरगंज। वीरगंजका संचारकर्मीहरुलेआज वीरगंज महानगरपालिकाकासुचना अधिकारी अरबिन्दलालकर्णसँग सूचनाको हक सम्बन्धीऐन अनुसार सुचनामाग गर्दै निवेदनदर्ता गराएका छन्।प्रेस चौतारी नेपालपर्साका अध्यक्ष अनुप तिवारीकोनेतृत्वमा पुगेका पर्सेली पत्रकारहरुलेवीरगंज महानगरपालिकाको सामाजिक विकास महाशाखाबाटभएका काम कारवाहीकोविवरण माग गरेकाछन् ।
सुचनाको हक सम्बन्धिविभिन्न धाराहरुलाई उल्लेख गर्दैकानून सम्मत रुपमानिवेदन दर्ता भएको हो।निवेदन बुझ्दै सूचनाअधिकारी कर्णले आफूले मागभएका सुचना रविवरणहरु कानून सम्मत अबिलम्बउपलब्ध गराउने विश्वास दिलाउनुभएको थियो ।
निवेदनमा वीरगंज महानगरकोविभिन्न वडाहरुमा आयोजना गरिएकोसार्वजनिक सुनुवाई कार्यक्रमको आयोजनागर्ने संस्थाहरुको नामविवरण, संस्था दर्ता प्रमाणपत्र(कम्पनीको हकमा कम्पनीदर्ता प्रमाणपत्र, प्रबन्धपत्रर नियमावली), प्यानदर्ता प्रमाणपत्र, लेखापरिक्षण प्रतिवेदन, कर चुक्ताप्रमाणपत्र, प्रस्तावनापत्र, वीरगंज महानगरपालिकाद्वारा गरिएकोसम्झौता पत्र, सुचिकरण, बिनियोजितरकम लगायत कानूनलेस्पष्ट गरेका कागजात, सम्पन्नभइसकेका सार्वजनिक सुनुवाई कार्यक्रमहरुकोआर्थिक प्रतिवेदन, बिल भौचरर अन्य आवश्यककागजातहरुको प्रमाणित प्रतिलिपि मागगरिएको छ ।
त्यसैगरी आ.व.०७७ श्रावणदेखि हालसम्मको अवधिमाकुन कुन संस्थालाईकुन कुन परियोजनावा प्रयोजनका लागिकार्यक्रमहरु प्रदान वा सम्झौतागरिएका छन् सोकार्यक्रम र संस्थाहरुकोनामावली सहित कार्यक्रमप्राप्त गरेका संस्थाहरुको दर्ताप्रमाणपत्र (कम्पनीको हकमा कम्पनीदर्ता प्रमाणपत्र, प्रबन्धपत्रर नियमावली), प्यानदर्ता प्रमाणपत्र, लेखापरिक्षण प्रतिवेदन, कर चुक्ताप्रमाणपत्र, प्रस्तावनापत्र, वीरगंज महानगरपालिकाद्वारा गरिएकोसम्झौता पत्र लगायतसम्पन्न भइसकेका कार्यक्रमहरुको आर्थिकप्रतिवेदन, बिल भौचरर अन्य आवश्यककागजातहरुको प्रमाणित प्रतिलिपि मागगरिएको छ भनेवीरगंज महानगरको ३२ वटैवडाहरुको प्रोफाईल प्रयोजनका लागिबृत्तचित्र (डकुमेन्ट्री) निर्माण गर्न कुनसंस्थालाई जिम्मा दिइएको वासम्झौता गरिएको हो सोकोप्रस्तावनापत्र, वीरगंज महानगरपालिकाद्वारा गरिएकोसम्झौता पत्र लगायतअन्य आवश्यक कागजातहरुकोप्रमाणित प्रतिलिपि, पत्रकारिता क्षेत्रसँगसम्बद्ध संघ संस्थाहरुकोनाममा विभिन्न कार्यक्रमसंचालन वा अनुदानकारुपमा लिइएको रकमर त्यसको प्रगतिविवरण लगायत अन्यआवश्यक कागजातहरुको प्रमाणित प्रतिलिपिसमेत माग गरिएकोछ ।
सो अवसरमा इकोनोमिक जर्नालिष्ट एशोसिएसनका राष्ट्रिय अध्यक्ष विजय कुशवाहा, तराई मिडिया एशोसिएसनका अध्यक्ष जितेन्द्र साह, जनता टेलिभिजनका संजीव मिश्रा, कान्तिपुर दैनिकका भूषण यादव, प्रेस मन्च नेपालका वरिष्ठ उपाध्यक्ष श्याम कुशवाहा, मध्य नेपाल सन्देशका जियालाल साह, राससका सफल खतिवडा, नेपाल टेलिभिजनका आरोहण साह, आवाज एफ.एम.का राकेश साह लगायतका संचारकर्मीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।