वीरगंज |सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सफाइ दिने जिल्ला अदालत सुनसरीको फैसलाविरुद्ध सरकारी वकिल कार्यालयले उच्च अदालत विराटनगरमा पुनरावेदन निवेदन दिएको छ |उच्च सरकारी वकिलको कार्यालय विराटनगरले गत शुक्रबार उच्च अदालतमा पुनरावेदन दर्ता गरेको हो। जिल्ला न्यायाधीश अर्जुनप्रसाद काेइरालाले इजलासले उनलाई सफाइ दिएका थिए।
सिद्धबाबाले बलात्कार गरेकाे नभई महिलाले शरीर समर्पण गरेकाे ब्याख्या गरेकाे थिए।२०७६ पुस १० गते गिरीले आफ्नै एक अनुयायीलाई बलात्कार (जबरजस्ती करणी)गरेको भन्दै हदैसम्मको कैद सजाय माग गरेर दायर भएको मुद्दामा सुनसरी जिल्ला अदालतले २०७७ मंसिरमा फैसला गरेको थियो।
जिल्ला अदालतदेखि उच्च अदालत हुँदै सर्वोच्चसम्म गुहारेर पुर्पक्षका लागि थुनामा गएका गिरीलाई जिल्ला अदालतले गरेको सफाइ दिएको विषय पनि विवादमा परेको थियो।न्यायाधीश काेइराला हालैमात्र उच्च अदालतकाे न्यायाधीशमा सिफारिस भएका छन्।