• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बालबालिकाले शिक्षकबाटै टर्चरको सामना गरिरहेका छन् – नगर प्रमुख सरावगी

  • वीरगंज संजाल
  • १ चैत्र २०७७, आईतवार २३:१३
  • ४३३३

    वीरगञ्ज | वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले मानव निर्माण प्रक्रियामा शिक्षाको महत्वपूर्ण भूमिका हुने बताएका छन् । उनले बालबालिकाले सुरक्षित हिसाबले पढ्न नपाए दिर्घकालिन असर पर्ने उनको भनाई छ ।विद्यालयमा सुरक्षित सिकाईका लागि नीति निर्माण गर्ने बारे पर्सा जिल्ला स्तरीय सरोकारवालासँग छलफल कार्यक्रममा बोल्दै उनले सामुदायिक विद्यालयका बालबालिका सुरक्षित नरहेको बताए ।

    शिक्षा पत्रकार समाज र आसमान नेपाल संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा नगर प्रमुख सरावगीले शिक्षा क्षेत्रको सुधारका लागि प्रदेश र संघ सरकारले स्थानीय तहसँगै समन्वय र सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।वीरगञ्ज महानगरपालिकाले शिक्षामा विशेष ध्यान दिएको बताउँदै उनले सुरक्षित सिकाई वातावरण बनाउन आवश्यक कदम चाल्ने बताए ।

    ‘जनप्रतिनीधि नभएको समयमा शिक्षामा जुन परिणाम आउनुपर्ने हो, त्यो आउन सकेन । महानगरपालिकामा आउनु अघि सिदार्थ र नर्सिङ स्कुलको व्यवस्थापन समितिमा थिँए । ग्याङ फाईट हुने गरेको थियो, शिक्षक, विद्यार्थी, अभिभावक अनुशासनमा थिएनन् ।’ उनले भने ‘महानगरपालिकामा आएपछि सबै विद्यालयमा सीसीटिभी जडान गरेका छौं, शिक्षक समयमा उपस्थित हुन भनेर ई–हाजिरी, खानेपानी, महिनावारीको समयमा छिट्टै विद्यालयबाट जाने वा ३÷४ दिन विद्यालय आउन नसक्ने अवस्था अन्त्यका लागि सेनेटरी प्याड र मेशिन जडान गरेका छौं । पुस्तकालय, विज्ञान प्रयोगशाला र कम्युटर ल्याब बनाएका छौं । शौचालय बनाउँदा छोरीहरुलाई ध्यान दिएका छौं ।’

    वीरगञ्ज महानगरपालिकाले विशेष शिक्षा आवश्यक डाउन सिन्ड्रम र अटिज्म भएकाबालबालिकालाई सिदार्थमा अध्ययनको व्यवस्था गरेको, बहिरा बालबालिकालाई बहिरा महासंघसँगको सहकार्यमा आवासिय अध्ययापन गराईरहेको, आँखा नदेख्ने बालबालिकालाई त्रिजुद्धमा पढाउने गरेको उनले सुनाए । तर ब्रेललीपी पढाउने शिक्षकको अभाव झेल्नुपरेको उनले सुनाए । पोखररिया नगरपालिकाका उप प्रमुख सलमा खातुनले विद्यालयमा सुरक्षित सिकाईका लागि सरोकारवाला एक हुनुपर्नेमा जोड दिए । ‘ अभिभावकले केहि सिक्छन् भनेर बालबालिकलाई विद्यालय पठाउँछन् । सुरक्षित सिकाई नहुँदा कुण्ठित र आत्मविश्वास कम भएका विद्यार्थी बन्छन् ।

    ’ उनले भनिन् ‘ यस्तो हुन नदिन एक अर्कालाई दोषारोपण गरेर हुँदैन सबै सरोकारवाला एक भएर काम गर्नुपर्छ ।’कार्याक्रममा पर्सागढी नगरपालिकाका मेयर लोकनारायण यादव,पोखरिया नगरपालिकाका उपमेयर सलमाखातुन ,कालिकामाइ गाउपालिकाका वडा अध्यक्ष एवम शिक्षा समितिका अध्यक्ष पवन तिवारी लगायतका स्थानिय नेताहरुले शिक्षा क्षेत्रमा रहेको बिकृती तथा राजनैतिकरण हटाउन सबैको सहयोगका आवश्यकता रहेको बताएका थिए ।आसमान नेपालमा पर्साका संयोजन मुनीलाल बैठाले कार्यक्रमको उदेश्यबारे जानकारी गराउदै आगामि दिनहरुका शिक्षा क्षेत्रको सुधारको लागी स्थानिय निकायसंग सहकार्य गरेर जाने प्रतिबद्धता व्यक्त गरेका थिए ।

    कार्यक्रममा सहभागी पालिका शिक्षा समितिका पदाधिकारी, शिक्षा शाखा अधिकारी, नप्रतिनीधिहरुले सुरक्षित सिकाईका लागि आफूहरु गम्भिर रहेको बताए ।सुरक्षित सिकाई कार्यक्रम पर्सा, सर्लाही लमजुङ्ग, सुर्खेत जिल्लाका २७ पालिका र ६९ वटा विद्यालयमा सञ्चालनमा रहेको डाक्टर विरेन्द्र सिंहले जानकारी दिए ।विद्यालयमा सुरक्षित सिकाईका लागि विद्यमान समस्याहरु के के छन र त्यसलाई नीति नियममा कसरी समावेश गर्ने भन्ने विषयमा कार्यक्रमा चर्चा गरिएको आसमान नेपालको पर्सा जिल्ला संयोजक मुन्नीलाल बैठाले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑