वीरगञ्ज । नेपालमा प्रतिबन्धित लागूऔषध नाईट्रोभेट र ओनेरेक्ससहित वीरगञ्जमा एकजना भारतीय नागरिकसहित दुई जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा भारत उत्तरप्रदेश राज्यस्थित गोरखपुर जिल्लाको पोखरा गाउँ निवासी ५५ वर्षीय रमेश दास र मकवापुर जिल्लाको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ बस्ने २९ वर्षीय राम कुमार देउजा रहेका छन् ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको प्रहरी टोलीले उनीहरुलाई प्रतिबन्धित लागूऔषध नाईट्रोभेट र ओनेरेक्ससहित वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ को रजतजयन्ति चोकबाट पक्राउ गरेको हो ।
भारतबाट नेपाल तर्फ पैदल हिडेर आईरहेका दुवैको शरीर प्रहरीले रिपूर्वक खानतलासी गर्दा उनीहरुले बोकेको तरकारीको बोरामा लुकाई छिपाई राखिएको ५० बोत्तल ओनेरेक्सस १०० एमएल र १० पत्ता अर्थात ३ सय पिस नाईट्रोभेट ट्याब्लेट बरामद गरिएको थियो ।पक्राउ परेका दुबैलाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएर थप अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए ।