सिरहा । सिरहाको लहान नगरपालिकास्थित मालपोत कार्यालयमा बम विस्फोट भएको छ । विस्फोटमा परी ६ जना घाइते भएको सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले जानकारी दिए ।
करिब १ बजेतिर बम विस्फोट भएको खबर आफूले पाएको निरौलाले जानकारी दिए । ६ जनामध्ये एकजनाको अवस्था गम्भीर रहेको उनले जानकारी दिए ।गम्भीररूपमा घाइते भएकालाई काठमाडौं उपचारका लागि ल्याउने तयारी गरेकव निरौलाले जानकारी दिए ।
उनले इकागजसँग कुरा गर्दै भने, ‘६ जना घाइतेमध्ये एक जना सिरियस कन्डिसनको घाइते भएको रिपोर्ट आएको छ ।’ घाइतेलाई उपचारका लागि काठमाडौं लैजान हेलिकोप्टर मगाइएको निरौलाले जानकारी दिए । उनका अनुसार बाँकी घाइतेको उपचार विराटनगरमा गर्ने उल्लेख छ ।