वीरगंज। ट्वीटरले मोबाइल प्रयोगकर्ताका लागि नयाँ फिचर ल्याउने भएको छ । यसअन्तर्गत कम्पनीले आफ्नो एपबाट फोरके क्वालिटीमा फोटो अपलोड गर्ने सुविधा दिन लागेको छ ।
यसअघि वेब प्रयोगकर्ताका लागि मात्र हाई रिजोलुसनको फोटो अपलोड गर्ने सुविधा दिइएको थियो । अब यो फिचर एन्ड्रोइड र आईओएस दुवै प्रयोगकर्ताहरूको लागि उपलब्ध हुनेछ ।
हाल वेबमा ४०९६x४०९६ रिजाेलुसनसम्मका फाेटाे अपलाेड गर्न सकिन्छ । अब याे लिमिट माेबाइल एप प्रयाेगकर्ताका लागि पनि लागू हुने भएकाे हाे ।
ट्वीटरले हालै याे फिचर ल्याउन लागेकाे जानकारी दिएकाे छ । एप प्रयाेगकर्ताले याे फिचर प्रयाेग गर्न ट्वीटर अकाउन्टको ‘Settings and privacy’ मा गएर ‘Data usage’ हुँदै ‘High-quality images’ अप्सनमा जानुपर्छ ।
यसपछि ‘mobile data & Wi-Fi’ अथवा ‘Wi-Fi’ छनाैट गर्नुपर्छ । त्यहाँ बाइ डिफल्ट ‘Never’ सेटअप रहेकाे हुन्छ । याे फिचर कहिलेदेखि सुरूवात गर्ने भनेर कम्पनीले कुनै जानकारी भने दिएकाे छैन ।