• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    महन्थलाई ओलीले गरे प्रधानमन्त्रीको प्रस्ताव

  • वीरगंज संजाल
  • २८ फाल्गुन २०७७, शुक्रबार ०८:३४
  • ५५६९

    काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुरलाई नयाँ बन्ने सरकारको नेतृत्व गर्ने सम्मको प्रस्ताव गरेका छन् । तर यसबारेमा जसपामा नेताहरू औपचारिक रूपमा बोल्न चाहन्नन् । जसपाका एक पदाधिकारीले प्रधानमन्त्री ओलीबाट ठाकुरलाई यस्तो प्रस्ताव आएको दाबी गरे । केही दिन यता, नयाँ समीकरण बनाउन प्रधानमन्त्रीले जसपालाई मनाउन प्रयास गरिरहेका छन् । यसकोलागि प्रधानमन्त्रीले जसपाका अध्यक्ष ठाकुरसँग पटक पटक भेट गरेका छन् । जसपा स्रोतका अनुसार यस बिचमा ठाकुरले एक्लै र सामूहिक रूपमा प्रधानमन्त्रीलाई धेरै पटक भेटेका छन् । बिहीबार अपराह्न जसपाका ५ शीर्ष नेताहरूले प्रधानमन्त्रीसँग कुराकानी गरेका छन् । यसअघि, ठाकुरले पार्टीलाई समेत थाहा नदिई नयाँ समीकरण बनाउन प्रधानमन्त्री पक्षसँग कार्यदल गठन गरेका छन् । कार्यदलमा ठाकुरले आफू निकट दुई नेता सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई राखेका छन् ।

    जसपासँग हाल ३४ सांसद छन् । तीमध्ये दुई जना सांसद हरिनारायण रौनियार र रेसम चौधरी निलम्बनमा परेका छन् । एमाले र जसपा मिलेमा नयाँ सरकार बनाउनको लागि पर्याप्त सङ्ख्या पुग्छ । त्यसैले प्रधानमन्त्री ‌ओलीले ठाकुरलाई मनाउन प्रयास सुरु गरेका हुन्–स्रोतले भन्यो । जसपा स्रोतका अनुसार जसपाले राख्दै आएको मागमा प्रधानमन्त्री सकारात्मक र लचिलो छन् । रेसम चौधरीलाई रिहाइ गर्न वातावरण बनाउनुपर्ने, लाल आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, संविधान संशोधन गर्नुपर्ने, मधेस आन्दोलनको क्रममा लगाइएका झुटा मुद्दा खारेज हुनुपर्ने, घाइतेहरूको उपचार गर्नुपर्ने लगायतका मुद्दा जसपाले उठाउँदै आएको छ ।

    जसपा अर्का एक नेताले दाबी गर्दै भने, ‘प्रधानमन्त्री निकट पक्ष र जसपाबीच बनेको संयुक्त कार्यदलले यतीसम्म गृहकार्य गरेको छ कि, संविधान संशोधन कोलागि मस्यौदा समेत तयार गरेको छ ।’ तर पनि सरकारको नेतृत्व गर्न ठाकुरलाई त्यति सजिलो छैन । उनलाई पार्टीभित्रै असहयोग हुने सम्भावना छ । जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई कुनै पनि अवस्थामा ओलीसँग मिलेर जाने पक्षमा छैनन् । यती हुँदाहुँदै पनि भट्टराई र यादव बिहीबार साँझ प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका छन् ।

    सत्ता साझेदारी प्रस्तावले जनता समाजवादी पार्टीमा गम्भीर विवाद उत्पन्न भएको छ । पार्टीलाई केपी ओलीको पोल्टामा लैजाने कि माओवादी केन्द्रको पोल्टामा लैजाने भन्ने विषयमा पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको हो । यादव निकट एक नेताले भने, ‘पोहर साल केपी ओलीबाट त्यति ठुलो अपमान सहेर सरकारबाट बाहिरिएको उहाँ(यादव)ले अझै बिर्सनु भएको छैन । त्यसैले उहाँ फेरि ओलीलाई साथ दिने पक्षमा कुनै पनि अवस्थामा हुनुहुन्न ।’ यादवलाई भट्टराईले साथ दिएका छन् । भट्टराई निकट नेता गंगानारायण श्रेष्ठले सार्वजनिक रूपमै ओलीसँग मिलेर सरकार बनाउने अवस्था नै नभएको बताएका छन् ।

    तर ठाकुर, राजेन्द्र, शरत्सिंह भण्डारी लगायतका नेताहरू सम्मानजनक अवस्थामा केपी ओलीसँग पावर सेयरिङ गर्ने पक्षमा छन् । पार्टीले उठाएको माग सम्बोधन भएमा आफूहरुको लागि केपी ओली र प्रचण्ड बराबरी भएको उनीहरूको भनाइ छ । पोहर साल झन्डै पार्टी फुटाएका जसपाका नेताहरू विमल श्रीवास्तव, रेणु यादव, इस्तिायक राई, प्रदीप यादव लगायतका नेताहरू ओलीसँग लचिलो छन् । उनीहरूले पनि आफूहरुको लागि प्रचण्ड र ओली उस्ता उस्तै भएको सुझाव राख्दै आएका छन् । उपेन्द्र, भट्टराई पक्षीय नेताहरू नेपाली काँग्रेस र माओवादी केन्द्रसँग मिलेर पावर सेयरिङ गर्नुपर्ने अडानमा यादव पक्षधर नेताहरू छन्। पार्टी स्रोत भन्छ, ‘तर भट्टराई र यादव पार्टीभित्र अल्पमत पर्ने अवस्थामा छन ।’ माग सम्बोधन भएमा ओलीसँग भए पनि सरकारमा जान सकिने लाइनमा पार्टीका बहुमत सदस्य रहेको स्रोतको भनाइ छ । महन्थलाई राजेन्द्र महतोले सुरुदेखि नै साथ दिएका छन् ।

    पार्टी स्रोत भन्छ, पार्टीभित्र दुई लाइनको विवाद बढ्दै गएमा पार्टी फुट्ने अवस्था पनि आउन सक्छ । महन्थ र महतोले चाहे भने संसदीय दल र कार्यकारिणी समितिमा ४० प्रतिशत सजिलैसँग पुर्याउन सक्ने अवस्था रहेको स्रोतको भनाइ छ । ‘त्यसमा पनि उपेन्द्र निकट केही नेताहरू उनीसँग चिढिएका छन् । यो अवस्थामा ठाकुर र महतो सुविधाजनक बहुमतमा पुग्नेछन्’ स्रोतले भन्यो । पूर्व राजपाका अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादव र शरत्सिंह भण्डारीले भने उपेन्द्रलाई साथ दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑