• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ८ लाखले दर्शन गरे, दिनभर यस्तो रोचक देखियो पशुपतिमा महाशिवरात्रि

  • वीरगंज संजाल
  • २८ फाल्गुन २०७७, शुक्रबार ०२:०२
  • २८७७

    वीरगञ्ज ।हिन्दूहरूको अर्को एउटा ठूलो पर्व महाशिवरात्रिमा पशुपतिनाथको मन्दिरमा दिनभर भक्तजनको घुइँचो लाग्यो । यतिबेलासम्म ८ लाख भक्तजनले पशुपतिनाथको दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले जानकारी दिए । दर्शन गर्नेबाहेक मेला भर्न झन्डै २५ लाख हाराहारी श्रद्धालु पशुपति आइपुगेको उनले बताए ।

    अघिल्लो वर्षको तुलनामा मन्दिरभित्र पुगेर दर्शन गर्ने भक्तजनको कमी भएपनि मन्दिर बाहिर उल्लेख्य रुपमा भक्तजन आएको उनले बताए । पशुपतिनाथको मन्दिरमा आज रातभरि पूजा जारी रहनेछ । गत बर्ष १६ लाख भक्तजनले मन्दिर प्रवेश गरेर पूजा गरेपनि यो वर्ष कोरोनाको त्रासका कारण केही कम भएको खतिवडाले जानकारी दिए । यस्तै यो वर्ष भारतबाट साधु सन्तपनि कम आएका छन् । झन्डै ३ हजार हाराहारी जोगी साधु सन्त पशुपति आएको कोषले जनाएको छ ।

    यो वर्षको महाशिवरात्रि पर्व व्यवस्थापनका लागि ७ हजार प्रहरी खटिएका छन् । महानगरीय प्रहरी परिसरका एसएसपी रमेश कुमार बस्नेतले ७ हजार जनपद प्रहरी मात्रै खटिएको र सशस्त्र र सेनाको थप संख्या रहेको जानकारी दिए ।

    लाखौंको भीडभाडमा केही भक्तजनको पाकेटमारी पनि भएको छ । कतिपयको गोजी काटेर पर्स निकालिएको र कतिपयको मोवाइल हराएको छ । केही ब्यक्तिको हराएको पर्स फेला पारी दिइएको एसएसपी बस्नेतले जानकारी दिए ।

    प्रहरीले सिसीक्यामेरा, ड्रोन क्यामेरा लागयतका उपकरणबाट मेलाको निरीक्षण गरेको उनले बताए । पशुपतिको बनकालीतर्फ युवायुवतीको भीड नियन्त्रण लिन प्रहरीले लाठीचार्ज समेत गरेको थियो । पूजा गर्न लाइनमा बसेका बेला बेहोस भएका केहीलाई उपचारका लागि एम्बुलेन्समा हालेर अस्पताल पु¥याइएको प्रहरीको भनाइ छ ।

    पशुपतिनाथको मन्दिर बागमती पारी बनकालीमा दिनभर भारतबाट आएका जोगी तथा साधुसँग यूवाहरु गाँजा खरिद गरिरहेका देखिन्थे । कागजको पोका तथा चुरोटको खोलमा बेरिएका गाँजा खुल्लम खुल्ला बिक्री भइरहेको थियो भने युवायुवतीहरू गाँजा तानिरहेको दृश्य सामान्य थियो । गाँजा किनबेच तथा सेवनमा प्रहरीले कुनै अवरोध गरेन ।

    बनकालीमै युवाहरुको एउटा समूहले ‘जय शम्भो’ डिजे कन्सर्ट समेत गरिरहेको थियो । ड्रम सेट म्युजिकको तालमा युवायुवतीहरू नाचिरहेका थिए । यस्तै पशुपतिनाथ मन्दिर छेउछाउ विभिन्न संघ संस्थाले निःशुल्क स्वास्थ्य शिविर, पानी वितरण तथा खानेकुरा वितरण गरेका थिए ।

    यस्तै भक्तजनको चाप अनुसार ट्वाइलेटको व्यवस्थापनमा पशुपति क्षेत्र विकास कोष चुकेको भक्तजनले गुनासो गरेका थिए । साथै घण्टौंदेखि लाइनमा बसेका भक्तजनलाई मतलव नगरी भीआईपीका आफन्तलाई लाइनबिना नै मन्दिर प्रवेश गराउने क्रम यो वर्षपनि रोकिएन ।

    सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी भर्खरै काठमाडौंको सुन्दरीजल आइपुगेको अवसरमा यसैवर्षको शिवरात्रिमा बागमतीमा मेलम्चीको पानी मिसाइयो । हाल पानी परिक्षणका क्रममा काठमाडौं आइपुगेको पानी वागमतीमा छोडिए पनि पशुपतिमा नुहाउन मिल्ने पानी भने बगेन ।

    प्रधानमन्त्री केपी शर्मा ओली तथा पशुपति क्षेत्र विकास कोषले यस वर्षको शिवरात्रिमा बागमतीमा नुहाउन मिल्ने दावी गरेपनि फोहोर कालो पानी बगेको थियो । पानीको प्रवाह मात्रात्मक रुपमा बढेपनि भक्तजनले नुहाउन सक्ने पानीको अवस्था थिएन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै
  • आज शुक्रबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    News

    आज शुक्रबारको राशिफल

    News

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑