• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मासिक साढे ७ करोडको मट्टितेल कसले प्रयोग गर्छ ?

  • वीरगंज संजाल
  • २७ फाल्गुन २०७७, बिहीबार १६:०७
  • ३२४९

    काठमाडौं | एक जामाना थियो गाउँघरमा टुकी बालेर उज्यालो बनाउने। सहरमा खाना पकाउन पनि मट्टितेल स्टोव प्रयोग गरिन्थ्यो। त्यसैकारण मट्टितेलको खपत राम्रै थियो।

    तर, अहिले समय फेरिएको छ। मुलुकमा विद्युतको उत्पादन बढेको छ। विद्युत नपुगेको गाउँठाउँमा वैकल्पिक उर्जा अर्थात् सोलारको प्रयोग गर्न थालिएको छ। सडकको विस्तारसँगै खाना पकाउनको लागि गाउँसम्मै एलपी ग्याँस पुग्न थालेको छ।

    नेपालमा मट्टितेल, पेट्रोल, डिजेललगायतका इन्धनको आपूर्ति गर्दै आएको आयल निगमले मट्टितेल भण्डारण गर्ने ट्याङ्कीलाई पेट्रोल, डिजेल भण्डारण गर्ने ट्याङ्कीका रुपमा परिणत गरिरहेको छ। निगमको भैरहवास्थित डिपोमा रहेको ३७९ किलोलिटर क्षमताको मट्टितेल भण्डारण क्षमताको ट्याङ्कीलाई पेट्रोल भण्डारण गर्ने ट्याङकीको रुपमा परिणत गर्ने काम गरिरहेको छ।

    आगामी जेठ महिनाभित्रै पेट्रोल भण्डारण थाल्ने गरी काम भइरहेको निगमले जानकारी दिएको छ। यसअघि अमलेखगन्ज, पोखरा लगायतका डिपोमा समेत निगमले मट्टितेलको भण्डारण ट्याङ्कीलाई पेट्रोल भण्डारण ट्याङ्कीका रुपमा परिणत गरिसकेको छ। निगमका अनुसार पछिल्लो समय नेपालमा मट्टितेलको खपत घट्दै गइरहेको छ। पेट्रोल र डिजेलको खपत भने वार्षिक १० देखि १५ प्रतिशतले बढिरहेको छ।

    विद्युत उत्पादन, वैकल्पिक उर्जाको प्रयोग बढ्नु, खाना पकाउने ग्यास गाउँसम्मै विस्तार हुनु र निगमले समेत मट्टितेलको ट्याङ्की पेट्रोलमा परिणत गर्न थाले पनि मट्टितेलको आयात मासिक साढे ७ करोड रुपैयाँ बढीको भइरहेको छ।

    भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको साउनदेखि माघसम्म ५३ करोड ८० लाख २५ हजार रुपैयाँ बराबरको १२ हजार ८८८ किलोलिटर मट्टितले नेपाल भित्रिएको छ। सो अनुसार मट्टितेलको मासिक आयात ७ करोड ६८ लाख ६० हजार रुपैयाँ बराबरको भइरहेको देखिन्छ।

    कसले प्रयोग गर्छ मट्टितेल?

    आर्थिक वर्ष २०७३/०७४मा करिब बन्द नै भइसकेको मट्टितेलको आयात त्यसपछिका वर्षहरुमा भने बढेको देखिन्छ। आर्थिक वर्ष २०७३/०७४मा करिब १ हजार किलोलिटर आयात भएको मट्टितेल गत आर्थिक वर्ष २०७६/०७७मा १६ हजार किलोलिटर आयात भएको थियो। पछिल्लो समय केही वर्षयता सडक निर्माणको काममा मट्टितेलको प्रयोग बढेको व्यवसायी बताउँछन्।

    काठमाडौं कोटेश्वरमा रहेको देवी आयल स्टोरका सञ्चालक अशोक शाक्यले सडक कालोपत्रे गर्दा अलकत्रा मिसाउनका लागि मट्टितेल आवश्यक हुने बताए। ‘पिचवालाहरुले अलकत्रा पगाल्नलाई लैजाने गरेका छन्’ विगत दुई दशकदेखि मट्टितेल बिक्री गर्दै आएका शाक्यले भने, ‘कलकारखानाहरुमा पनि मट्टितेलको खपत हुने गरेको छ।’ विगतमा घरेलु काममा समेत मट्टितेलको प्रयोग हुने भएकाले राम्रो बिक्री हुने गरेकोमा पछिल्लो समय खासै बिक्री नहुने उनको भनाइ थियो। पछिल्लो दुई तीन वर्षयता सडक कालोपत्रेको कामका लागि खपत सामान्य बढेको उनको बुझाइ छ।

    पछिल्लो समय सर्वसाधारण उपभोक्ता मट्टितेलको प्रयोगबाट करिब विस्थापित भइसकेका छन्। निर्माण कार्य र कालकारखानाहरुमा मात्रै मट्टितलेको प्रयोग भइरहेको छ।

    निगमका भैरहवा डिपो प्रमुख प्रलयंकर आचार्यले सडक कालोपत्रे गर्ने क्रममा अलकत्रा पगाल्ने लगायतका काममा मट्टितेल प्रयोग भइरहेको बताए। ‘मट्टितेलको बिक्री विगतको तुलनामा न्यून छ’ उनले भने।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै
  • आज शुक्रबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    News

    आज शुक्रबारको राशिफल

    News

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑