भारत। भारत पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीमाथि आक्रमण भएको छ ।पश्चिम बंगालको नंदीग्राममा चुनावी अभियानका क्रममा हिजो (बुधवार) साँझ मुख्यमन्त्री बेनर्जी आक्रमण भएको हो ।
आक्रमणबाट उनको खुट्टा, काँध र घाँटीको हाडमा चोट लागेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । घाइते उनलाई कोलकातामा रहेको सरकारी अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।
उनीमाथि आक्रमण गर्ने समूहको पहिचान हुन सकेको छैन । घाइते भएपछि बेनर्जीका सबै कार्यक्रम रद्द गरिएको छ ।