आज:
  • होमपेज / Breaking News

    कस्तो बन्दै छ सरकारको नयाँ नीति तथा कार्यक्रम ?

  • वीरगंज संजाल
  • २५ फाल्गुन २०७७, मंगलवार ०६:१४
  • ४५८५

    कामठमाडौं । सरकारका सचिवले आर्थिक वर्ष २०७८-७९ को नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषयबारे गम्भीर छलफल थालेका छन् । मुख्य सचिव शंकरदास वैरागीले शुक्रबार सचिवको बैठक नै राखेर आगामी नीति तथा कार्यक्रममा समेट्नुपर्ने महŒवपूर्ण विषयबारे व्यापक छलफल गरेका हुन् । सचिव बैठकले नीति तथा कार्यक्रममा समेट्नुपर्ने महŒवपूर्ण विषयको तय गर्नेलगायतका विषयमा ६ बुँदे निर्णय गरेको छ ।

    बैठकमा सहभागी एक सचिवका अनुसार बैठकले आर्थिक वर्ष २०७८-७९ का लागि तय गरिने नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सहज, व्यावहारिक र सरकारको साख उँचो बनाउने गरी तय गर्नुपर्ने निष्कर्ष निकालेको हो । बैठकले नीति तथा कार्र्यक्रमको व्यावहारिक, कार्यान्वयनयोग्य, मापनयोग्य, नतिजामूलक, रूपान्तरणकारी र विकासको दूरगामी सोचअनुसारको अवधारणामा आधारित रही तर्जुमा गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

    सचिव बैठकले सबै निकायले र मातहतका कार्यालयले नीति तथा कार्यक्रम तयारीका लागि आवश्यकताअनुसार व्रिफ नोट तयार गर्ने, नीति तथा योजना कार्यान्वयनको कार्ययोजना तयार गर्ने तथा प्रस्ताव गरिएका नीतिहरूको लागत आँकलन गर्ने निर्णयसमेत गरेको छ

    साथै बैठकले कोभिड–१९ को कारण प्रभावित अर्थतन्त्र पुनरोत्थान गर्नेगरी नीति तथा कार्यक्रम तय गर्ने निर्णयसमेत गरेको छ । यसैगरी बैठकले प्रस्तावित नीति तथा कार्यक्रम प्रदेश र स्थानीय तहका नीति तथा कार्यक्रमसँग दोहोरो नपर्ने गरी आवश्यक छलफल र समन्वय गरी तयार गर्ने तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आर्थिक क्षेत्र, पूर्वाधार क्षेत्र, सामाजिक र शासकीय क्षेत्रका नीति तथा कार्यक्रमलाई सूचकसहित दोहोरो नपर्ने गरी तयार गर्न आवश्यक समन्वय र सहयोग गर्ने निर्णयसमेत गरेको छ ।

    सचिव बैठकमा नीति तथा कार्यक्रममा समेट्नुपर्ने र सम्बोधन गर्नुपर्ने मुख्य विषयबारे समेत गम्भीर छलफल गरी निचोड निकालिएको छ । जसअनुसार आगामी नीति तथा कार्यक्रमले सरकारको दीर्घकालीन सोच २१००, पन्ध्रौं योजनाको लक्ष्य, दिगो विकास लक्ष्य, कोभिड–१९ पछिको परिदृश्यलाई समेट्नुपर्ने निष्कर्ष निकालिएको छ ।

    यसैगरी नेपाल सरकारले समयसमयमा गरेका निर्णयको कार्यान्वयन हुनुपर्ने, आन्तरिक तथा बाह्य स्रोत परिचालनको अवस्थाबारे पनि स्पष्ट कार्यदिशा बनाउनुपर्ने निर्णय सचिव बैठकले गरेको छ । यसैगरी बैठकले अतिकम विकसित राष्ट्रको स्तरबाट स्तरोन्नति हुँदाको तयारी तथा तीनवटै तहको नीति कार्यक्रममा दोहोरो वा तेहेरोपना नहुने गरी सुनिश्चितता गर्नुपर्ने निर्णय गरेको छ ।

    सचिव बैठकले सबै निकायले र मातहतका कार्यालयले नीति तथा कार्यक्रम तयारीका लागि आवश्यकताअनुसार व्रिफ नोट तयार गर्ने, नीति तथा योजना कार्यान्वयनको कार्ययोजना तयार गर्ने तथा प्रस्ताव गरिएका नीतिहरूको लागत आँकलन गर्ने निर्णयसमेत गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज समाज सेवा द्वारा नारायणी अस्पताल वीरगन्जमा निरन्तर साप्ताहिक निशुल्क भोजन कार्यक्रम सभ्य एवं भव्य रुपले सुसम्पन्न
  • अशोक टेमानीको घरदैलो अभियान, मतदातासँग प्रत्यक्ष संवाद
  • झापाली मतदाता एवं शुभेच्छुकसँग साक्षात्कार गर्दै ओली
  • दाङका कांग्रेस उम्मेदवार जिताउन काठमाडौँमा युवा भेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज समाज सेवा द्वारा नारायणी अस्पताल वीरगन्जमा निरन्तर साप्ताहिक निशुल्क भोजन कार्यक्रम सभ्य एवं भव्य रुपले सुसम्पन्न

    अशोक टेमानीको घरदैलो अभियान, मतदातासँग प्रत्यक्ष संवाद

    झापाली मतदाता एवं शुभेच्छुकसँग साक्षात्कार गर्दै ओली

    दाङका कांग्रेस उम्मेदवार जिताउन काठमाडौँमा युवा भेला

    खुम्बु ल्होसार कप फुटबल सुरु

    कीर्तिपुरको भिराडिल पार्कलाई जोड्ने झोलुङ्गे पुल

    बारा निर्वाचन क्षेत्र नं. १ मा कडा राजनीतिक संघर्ष, तीन प्रमुख दल आमनेसामने

    बङ्गलादेशमा इस्लामवादी उम्मेदवारको चुनावी चुनौती

    टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि

    रहेनन् अभिनेता सुनील थापा

    वीरगन्ज समाज सेवा द्वारा नारायणी अस्पताल वीरगन्जमा निरन्तर साप्ताहिक निशुल्क भोजन कार्यक्रम सभ्य एवं भव्य रुपले सुसम्पन्न

    अशोक टेमानीको घरदैलो अभियान, मतदातासँग प्रत्यक्ष संवाद

    झापाली मतदाता एवं शुभेच्छुकसँग साक्षात्कार गर्दै ओली

    दाङका कांग्रेस उम्मेदवार जिताउन काठमाडौँमा युवा भेला

    खुम्बु ल्होसार कप फुटबल सुरु

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    वीरगन्ज समाज सेवा द्वारा नारायणी अस्पताल वीरगन्जमा निरन्तर साप्ताहिक निशुल्क भोजन कार्यक्रम सभ्य एवं भव्य रुपले सुसम्पन्न

    News

    अशोक टेमानीको घरदैलो अभियान, मतदातासँग प्रत्यक्ष संवाद

    News

    झापाली मतदाता एवं शुभेच्छुकसँग साक्षात्कार गर्दै ओली

    News

    दाङका कांग्रेस उम्मेदवार जिताउन काठमाडौँमा युवा भेला

    News

    खुम्बु ल्होसार कप फुटबल सुरु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑