ग्रिनसिटि र नारायणी वयोध्या हस्पिटलको सन्तुक्त आयोजनामा निसुल्क स्वास्थ्य शिबिर सम्पन्न
वीरगंज संजाल
२४ फाल्गुन २०७७, सोमबार १८:२०
२९४९
बिरगंज । समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रिनसिटि सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा-११ पर्सा र नारायणी वयोध्या हस्पिटल पर्साको सन्युक्त आयोजनामा बिरगंज -११ आदर्शनगर स्थित ग्रिनसिटि चौकमा बिश्व नारी दिवसको सुभ अवसरमा सोमबार निसुल्क ओपिडी स्वास्थ्य जाच तथा परामर्श शिबिर कार्यक्रम सम्पन्न भएको थियो ।
सो स्वास्थ्य शिबिर कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल गण हे. क्वा. पर्सा न.१३ गणका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का , जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुवर , ओमप्रकाश खनाल , वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक राजेश राज पुरी , वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिपक साह , ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक सुमन कार्की , प्रहरी नायब निरीक्षक सुर्य ब. थापा, आदर्शनगर प्रहरी चौकीका प्रहरी नायब निरीक्षक गोकुल बलायर , सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लीका अध्यक्ष राम सरार्फ , ग्रिनसिटि सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष सन्जय शर्मा , सदस्य त्रिलोक चन्द दारुका, रतन टेमानी , कैलास बजाज , बिकास रुङ्ग्टा लगायत सन्चारकर्मी , जनपदप्रहरी , सशस्त्र प्रहरी र स्थानीयहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।
चेकजाँच नारायणी वयोध्या हस्पिटलका फिजिसियन डा. मनबोध साह , अर्थोपेडिक डा. नवीन सिंह , गाईनो डा. रुबिना ताम्राकार गुरुङले र रितेन्द्र यादव , नवीन जयसवाल , सबिना रेग्मी , सुजाता सोरेन , नेहा लमली र कृष्ण कुमार साहले प्राबिधिक सहयोग गरेका थिए भने निसुल्क औषधि पारासिटामल , जिवनजल र जुगाको औषधि बितरण समेत गरिएको थियो ।ग्रिनसिटि सामुदायिक सेवा केन्द्रका अध्यक्ष प्रकाश खेतानको अध्यक्षतामा भएको थियो भने कार्यक्रम सन्चालन मुकेश खेतानले गर्नु भएको थियो ।