धनुषा। धनुषामा ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने पक्राउ परेका छन् ।७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मिथिला नगरपालिका-५ विशरामपुर बस्ने ६५ बर्षीय कुमार बहादुर मगरलाई आइतवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
मगरले सोही ठाउँस्थित कुखुरा फर्ममा ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।