हेटौंडा | हेटौंडा–४ स्थित पुष्पलाल पार्कमा रहेको नेकपा एमाले मकवानपुरको पार्टी कार्यालयमा लगाइएको ताला खोलिएको छ । सोमबार बिहान नेकपा एमालेका नेता तथा कार्यकर्ताको उपस्थितिमा पार्टी कार्यालयमा लगाएको ताला खोलिएको हो ।
केही महिनाअघि नेकपा दाहाल–नेपाल समूहका नेताले एक पक्षीय ढङ्गले गुटको कार्यक्रम गर्न थालेको भन्दै पार्टी कार्यालयमा ताला लगाइएको थियो ।
सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्दै पार्टी कार्यालय खोलेर नियमित कार्यहरू सुचारु गरिएको नेकपा एमाले मकवानपुरका नेताहरूको भनाइ छ ।