वीरगञ्ज । वीरगञ्जमा २ जना महिलासहित ३ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ । पर्सा जिल्लाका विभिन्न स्थानबाट संकलित २५ जनाको थ्रोट स्वाबको नमुना नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा परिक्षण गर्दा ३ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले बताए ।
थपिएका संक्रमितमध्ये वीरगञ्ज महानगरपालिका वडा न. ५ का ७२ वर्षीय बृद्ध, सोही स्थानकी ४० र ६० वर्षीय महिला रहेका छन् । डा. दासका अनुसार थपिएका संक्रमितहरुको सिटि भ्यालु २९ देखी ३० सम्म रहेको छ ।