वीरगञ्ज । पावर टक्स नामक संस्थाद्वारा वीरगञ्जममा आयोजित मोटिभेश्नल सेमिनार सम्पन्न भएको छ ।शनिबार वीरगञ्जस्थित रोयल पार्टी प्यालेसमा आयोजित मोटीभेश्नल सेमिनारमा ३ सयभन्दा बढी विद्यार्थी र अन्य पेशाका व्यक्तिहरुले सहभागिता देखाएका थिए ।
सेमिनारमा यूवा उद्यमी एवम् मोटिभेश्नल स्पिकर प्रदीप गुप्ताले सहभागीहरुलाई विभिन्न प्रकारका कार्यशालासमेत दिएका थिए । गुप्ताले समय व्यवस्थापन, जीवनसँग सम्बन्धित कार्यशाला र शिक्षा सम्बन्धि कार्यशाला दिएका थिए ।कार्यशालाका क्रममा गुप्ताले समय व्यवस्थापन गर्न सके जीवन आफै व्यवस्थित हुँदै जाने बताए ।उनले एउटा विद्यार्थीको जीवनमा अनुशासन सबैभन्दा महत्पूर्ण कुरा भएकोले समय व्यवस्थापन महत्वपूर्ण भएको बताए ।
गुप्ताले जीवनसँग सम्बन्धि कार्यशालामा बोल्दै बान व्यवहार, साथीसँग सम्बन्धि कुराहरु बताएका थिए । उनले सहभागीहरुबाट उठेका प्रश्नहरुको समेत उत्तर दिएका थिए ।त्यसैगरी कार्यक्रमकी प्रमुख अतिथि शिक्षाविद् मिनाक्षी गुप्ताले पावर टक्सले आयोजना गरेको कार्यक्रमको सराहना गर्दै आगामी दिनमा थप यस्ता कार्यक्रमहरु आयोजना गर्न आवश्यक रहेको बताएकी थिइन ।
उनले सानो उमेरमै विद्यार्थीहरुलाई जागरुक बनाउँने अभियानमा लागेका मोटीभेश्नल स्पिकर प्रदीप गुप्तालाई आगामी दिनहरुमा थप यस्ता कार्यक्रमहरु गर्न आग्रह समेत गरेकी थिइन ।कार्यक्रममा व्यवसायी एवम् समाजसेवी प्रद्युमन प्रसाद गुप्ता, नितेश हिमंत्रकालगायतको उपस्थिति रहेको थियो ।