बिरगंज । ४५ दिने कम्प्युटर लेखा सम्बन्धी तालिम बिरगंजमा शुरु भएको छ । बीरगन्ज महानगरपालिकाको सहयोग र यु.डी. वाइ–सेफ कम्प्युटर एजुकेशनको आयोजनामा शुरु भएको तालिमको एक कार्यक्रमका बिच बीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीले उद्घघाटन गर्नु भएको थियो ।
दलित, आदिवासी, जनजाती, पिछडा वर्गका लक्षित युवायुवतीहरुको लागी सिपमुलक तालिम अन्तर्गत कम्प्युटर लेखा तालिमको आयोजना गरिएको हाे । समाजबाट उपेक्षामा परेका समुदायलाई सिपमुलक तालिम दिएर आत्मनिर्भर तथा स्वालम्बी बनाएर उनिहरुलाई आफ्नै खुट्टामा उभिन सघाउ पुग्ने उद्देश्यले तालिमको आयोजना गरिएको हाे । तालिममा सहभागी विभिन्न वडाका २५ जनालाई बंशीधर गुप्ता अभिजित चौधरीले प्रशिक्षण दिनेछन् ।
तालिमको उद्द्घाटन समारोहमा वडा न. ९ का वडा अध्यक्ष मनोज कुमार कलवार, वडा न. ८ वडा अध्यक्ष राजकिशोर गुप्ता, वडा न. ६ का वडा अध्यक्ष ध्रुब नेपाल, सदस्य कनिका कौशिक, सामाजिक महाशाखाका प्रतिनिधि रेणुका ढकाल, श्याम बिनय चौधरी लगायतको उपस्थिती रहेको थियो ।