• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    तपाईंको मोबाइलको IMEI दर्ता भए-नभएको कसरी थाहा पाउने ? यसरी गर्नुस्,

  • वीरगंज संजाल
  • २२ फाल्गुन २०७७, शनिबार १८:२८
  • १७१३३

    वीरगञ्ज, । अवैध रूपमा भित्रिएका मोबाइल बन्द गराउन नेपाल दुरसञ्चार प्राधिकरणले विगत साढे तीन वर्षदेखी इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी (आईएमईआई) नम्बर दर्ता गराउन थालेको छ । उक्त अवधिमा एक करोड ६६ लाख मोबाइलको आईएमईआई नम्बर दर्ता भएको छ ।
    पहिलो चरणमा मोबाइलको आईएमईआई दर्तालाई प्राथामिकता दिएको प्राधिकरणले दर्ता नभएको मोबाइल बन्द गर्ने कार्य अबको केही महिनामै सुरु गर्दै छ । त्यसका लागि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम-एमडीएमएस जडान परियोजनाकाे काम भइरहेकाे छ । उक्त परियोजनाको जिम्मा न्युमेरा (एम) एसडीएन बीएचडी मलेसिया, ओएसआई कन्सल्टिङ प्रालि इन्डिया र नमस्ते ग्लोबल कम प्रालि सिंगापुरको ज्वाइन्ट भेन्चर कम्पनीले पाएका छन् ।

    कम्पनीले एमडीएमएसको डिजाइन, विकास, आपूर्ति, जडान, परीक्षण र सञ्चालन प्रणाली जडान गर्नेछ। जुन अबको चार महिनामा सम्पन्न भई कार्यान्वयनमा ल्याउन प्राधिकरण र कम्पनील बिच दुई महिना अघि सम्झौता भएको थियो । हाल उक्त कम्पनी सिस्टम विकास तथा निमार्ण जुटेको प्राधिकरणले जनाएको छ ।

    उक्त प्रणालीमा नेपालभर सञ्चालनमा रहेका मोबाइल फोनको आईएमईआई दर्ता, सम्पूर्ण मोबाइल अपरेटरको सिम कार्ड दर्ता, आईएमईआई राखिएका अन्य डिभाइस दर्तालगायत कार्य गर्नेछ । यो सँगै नेपालमा अवैध रूपमा भित्रिएका मोबाइल बन्द हुनेछन् । त्यसैले नै मोबाइलको आईएमईआई दर्ता अनिवार्य गरिएको हो । हामी यहाँ तपाईहरूका लागि मोबाइलको आईएमईआई नम्बर हेर्ने देखी दर्ता गर्ने सम्मको प्रक्रियाकाे बारेमा बताउँदै छौं ।

    यसरी पत्ता लगाउनुस् आफ्नो मोबाइलको आईएमईआई नम्बर
    आफ्नो मोबाइल दर्ता गर्नु अघि सुरुमा आईएमईआई नम्बर कती हो भन्ने कुराको जानकारी हुन आवश्यक छ । आधिकारिक रुपमा भित्रिएका मोबाइलको आईएमईआई नम्बर आयताकर्ता कम्पनीले सुरुमै दर्ता गरेर भित्र्याएका हुन्छन् ।

    विदेशबाट उपहारको रुपमा आउने तथा व्यक्तिगत रुपमा किनेर ल्याइएका र अवैध रुपमा भित्रिएका मोबाइलकाे आईएमईआई नम्बर भने दर्ता भएको हुन्न । नेपालमै किनेका कतिपय मोबाइलको पनि आईएमईआई नम्बर दर्ता नभएको हुनसक्छ । अझ पुराना फोनको त आईएमईआई नम्बर दर्ता भएकै छैन । किनभने, प्राधिकरणले आईएमईआई दर्ता गर्न थालेको जम्मा साढे तीन वर्ष भएको छ । त्यसैले आफ्नो मोबाइलको आईएमईआई नम्बर पत्ता लगाएर दर्ता गर्नु नै वुद्धिमानी हुनेछ ।

    त्यसका लागि मोबाइल प्रयोगकर्ताले आफ्नो मोबाइलमा ‘*#06#’ डायल गरी आफ्नो मोबाइलको आईएमईआई नम्बर हेर्न सक्नेछन् । यदि मोबाइलले एउटा मात्र सिम सर्पोट गर्ने हो भने एउटा मात्र आईएमईआई नम्बर देखाउँछ । यदि दुई वटा सिम लाग्छ भने दुईवटा आईएमईआई नम्बर हुन्छन् । यदी दुईवटा छ भने प्राधिकरणमा दुबै आईएमईआई नम्बर दर्ता गर्नुपर्ने हुन्छ ।

    आईएमईआई नम्बर दर्ता भए-नभएको कसरी थाहा पाउने ?
    दर्ता गराउनु पर्ने वा नपर्ने भन्ने थाहा पाउनका लागि तपाईको मोबाइलकाे आईएमईआई नम्बर प्राधिकरणको सिस्टमा दर्ता भए नभएको पत्ता लगाउन जरुरी छ । त्यसका लागि सुरुवमा यो https://eir.nta.gov.np/main/ मा क्लिक गर्नुस् । यसमा ‘https://eir.nta.gov.np/main/know-your-device नो योर डिभाइस’ भन्ने अप्सन दिइएको छ । उक्त अप्सनमा गएर गएर तपाईले आफ्नो मोवाइलको आईएमईआई नम्बर हाली दर्ता भए नभएको थाहा पाउन सक्नुहन्छ ।

    आईएमईआई नम्बर दर्ता गर्ने पक्रिया
    यदी तपाईको मोबाइलको आईएमईआई दर्ता भएको छैन भने त्यसलाई अनलाइनबाटै दर्ता गर्न सक्नुहुन्छ । व्यक्तिगत रुपमा आफ्नो मोबाइलको आईएमईआई नम्बर दर्ता गर्नका लागि यो https://eir.nta.gov.np/main/ लिंकमा गएर सुरुमा साइनअप गुर्नस् । साइनअप गर्ने बित्तिकै त्यहाँ ‘https://eir.nta.gov.np/main/importer/register न्यु इम्पोटर’ र ‘https://eir.nta.gov.np/main/ इन्डीभिज्युयल एप्लीकेशन’ अप्सन देख्नुहुने छ ।

    https://eir.nta.gov.np/main/individual/register इन्डीभिज्युयल एप्लीकेशनमा क्लिक गरि भित्र जानुपर्ने हुन्छ । त्यहाँ तपाईलाई एउटा फर्म प्राप्त हुने छ । उक्त फर्ममा आवश्यक जानकारी भर्नुस् । साथै सरकारबाट उपलब्ध गराइएको कुनैपनि एउटा आधिकारिक परिचयपत्रको स्क्यान कपी पनि बुझाउनुस् । यति भएपछि उपलब्ध जानकारीका आधारमा प्राधिकरणले अध्ययन गरी दर्ता गर्ने प्राधिकरणका सहायक निर्देशक निराजन कोइराला बताउँछन् ।

    उनका अनुसार व्यवसायीक आयातकर्ताको हकमा भने, सुरुमा टाइपअप्रुभल आवश्यक पर्छ । टाइपअप्रुभल लिएपश्चात उनिहरुले ल्याउन लागेको डिभाइसको आईएमईआई नम्बर प्राधिकरणलाई उपलब्ध गराउनु पर्छ । आयातकर्ता कम्पनीले आफुले ल्याउन लागेका मोबाइल डिभाइसको आईएमईआई सामान आयात गर्नु पुर्व नै पाउँछन् ।

    आयातकर्ताको हकमा प्राधिकरणले युजर आईडी र पासवर्ड उपलब्ध गराएको हुन्छ । सोही युजर आईडी र पासवर्ड लिएर आयातकर्ताले https://eir.nta.gov.np/main/ यो लिंकमा गएर लगइन गर्न सक्छन् । त्यहाँ टाइपअप्रुभल लिने देखी आईएमईआई नम्बर अपलोड गर्न सकिने सम्मको सुविधा दिइएको छ ।

    सहायक निर्देशक कोइरालाका अनुसार आईएमईआई नम्बर अपलोड भएसँगै प्राधिकरणमा निवेदन दिन सकिन्छ । उक्त निवेदनको आधारमा आईएमईआई नम्बर मान्य छ वा छैन, सिस्टममार्फत जाँच हुन्छ । सबै कुरा मिले पश्चात मात्रै प्राधिकरणको स्टिममा आईएमईआई नम्बर दर्ता हुन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन
  • नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न
  • जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल
  • पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन

    प्रहरीसँगको दोहोरो भिडन्तमा ३१ माओवादी मारिए

    मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    News

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    News

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    News

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    News

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑