रौतहट । अवैध लागूऔषधसहित रौतहटबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका १८ वर्षीय दुई जना युवालाई चेकजाँचका क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार राजदेवी नगरपालिका–८ लक्ष्मीपुरबाट पक्राउ परेका उनीहरुबाट लागूऔषध १ सय ८० एम्पुल फेनारगन, १ सय ८० एम्पुल नोर्फिन, १ सय २० एम्पुल डाईजेल्याप र ६० एम्पुल डाईजेपाम बरामद गरिएको छ ।
भारतको सितामडी वैरगैनिया भकुरहरमा बस्दै आएका उनीहरूलाई नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय रौतहट र प्रहरी चौकी वेलविछुवाबाट खटिएको प्रहरीको टोलीले चेकजाँचका क्रममा प्रकाउ गरेको हो ।उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।