• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    अब नेपालको छुट्टै क्यूआर, एउटामा अर्को एपबाट भुक्तानी गर्न सकिने

  • वीरगंज संजाल
  • Mar 3, 2021, 4:11 pm
  • ३२४१

    काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल क्यूआर स्ट्याण्डराइजेसन एन्ड गाइडलाइन्स (नेपाल क्यूआर मापदण्ड तथा मार्गदर्शन) जारी गरेको छ । केन्द्रीय बैंकले बजारमा छुट्टाछुट्टै रुपमा प्रयोग भइरहेका क्यूआरहरु आपसमा जोड्ने मापदण्ड तयार पारेको हो ।

    मार्गदर्शनमा इन्टरअपरेबिलिटी अर्थात् एउटा पीएसओको क्यूआरमा अर्को पीएसओ अन्तर्गतका भुक्तानी सेवाप्रदायक तथा मोबाइल बैंकिङ एपबाट क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने व्यवस्थालाई पहिलो प्राथमिकतामा राखिएको छ ।

    क्यूआर भुक्तानी गर्दा देशभित्रै एउटा पीएसओबाट अर्कोमा राउट हुनुपर्नेछ । हाल भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) अन्तर्गत प्रयोगमा रहेका क्यूआरहरु नेपाल क्यूआरमा स्थानान्तरण हुनुपर्नेछ । त्यसका लागि नेपाल राष्ट्र बैंकले निश्चित म्याद तोक्ने बताइएको छ ।

    सुरुमा प्रयोगमा रहेका छुट्टा छुट्टै क्यूआरलाई एउटै मापदण्डमा ल्याइने र त्यससँगै अन्तरसञ्चालन कायम गरिने राष्ट्र बैंकले जनाएको छ । नेपालमा डिजिटल भुक्तानी प्रवर्द्धन गर्न यो मापदण्ड तथा मार्गदर्शनलाई महत्वपूर्ण रुपमा हेरिएको छ ।

    नगद र क्रेडिट तथा डेबिट कार्डको विकल्पको रुपमा प्रयोगमा आएको क्यूआर भुक्तानी नेपालमा ग्राहक र बिक्रेता दुवैमाझ लोकप्रिय बन्दै गएको छ । हाल भुक्तानी प्रणाली सञ्चालकहरुले छुट्टा छुट्टै क्यूआर कोडहरु प्रयोगमा ल्याएका छन् ।

    यस्तोमा पीओएसओले विकास गरेको तथा प्रयोगमा ल्याएको क्यूआरमा उनीहरु अन्तर्गतको ग्राहक एपबाट मात्र स्क्यान तथा भुक्तानी गर्न सकिने अवस्था रहेको छ । यसको अर्थ एउटा पीएसओले जारी गरेको क्यूआरमा अर्को पीएसओ अन्तर्गतका ग्राहकले स्क्यान गरी भुक्तानी गर्न सकिरहेका छैनन् ।

    यस्तोमा यदि ग्राहकले विभिन्न बिक्रेतालाई मोबाइलबाट भुक्तानी गर्न चाहेको खण्डमा छुट्टाछुट्टै एप डाउनलोड तथा व्यवस्थापन गर्नुपर्ने बाध्यता छ । यसले सुविधाको साटो प्रयोगकर्तामाथि बोझ थप्दै गएपछि अन्तरसञ्चालनको व्यवस्था गरिएको हो ।

    यसले सबै भुक्तानी सेवाप्रदायकलाई समेत समान धरातल प्रदान गर्ने विश्वास छ । नयाँ मापदण्डले इन्टरअपरेबिलिटी (अन्तरसञ्चालन), स्केलेबलिटी (क्षमता बढाउन सकिने) र सेक्युरिटी (सुरक्षित) लगायतको अनिवार्यता समेत गरेको छ ।

    मार्गदर्शन अनुसार राष्ट्र बैंकबाट अनुमतिपत्र पाएका भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) ले नेपालक्यूआर अन्तर्गत क्यूआर स्किम तथा नेटवर्क सञ्चालन गर्न सक्नेछन् । पीएसओले विकास तथा व्यवस्थापन गरेको साझा भुक्तानी नेटवर्क नै स्किम तथा नेटवर्क हो ।

    जसले सदस्य संस्थाहरु (वालेट तथा मोबाइल बैंकिङ) बीच कारोबार तथा भुक्तानीलाई आपसमा ओहोरदोहोर गराउने काम गर्दछ । नेपालक्यूआर अन्तर्गत सेवा सञ्चालन गर्न चाहने भुक्तानी सेवाप्रदायकले राष्ट्र बैंकको स्वीकृति लिनुपर्नेछ ।

    नेटवर्क कुनै पनि समय अवरुद्ध नहुने, भुक्तानीको क्रममा कुनै विवाद उत्पन्न भएमा त्यसको व्यवस्थापन, भुक्तानीको विवरण उपलब्ध गराउने आदि जिम्मेवारी भुक्तानी सेवाप्रदायकको हुने उल्लेख छ । साथै क्यूआर कोड प्रयोग गर्दा ग्राहकमाथि कुनै किसिमको शुल्क समेत लगाउन पाइने छैन । बरु बिक्रेताबाट कारोबारको शुल्क लिन सकिनेछ ।

    यद्यपी क्यूआर कोडको व्यापक प्रयोगका लागि त्यस्तो शुल्क सकेसम्म कम राख्नुपर्नेछ । नेपालक्यूआर स्ट्याण्डराइजेसन फ्रेमवर्क गाइडलाइन्स तयार पार्न अन्तर्राष्ट्रिय वित्त निगमले नेपाल राष्ट्र बैंकलाई प्राविधिक सहयोग उपलब्ध गराएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा
  • ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने
  • आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट
  • वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    गुल्मीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु

    मधेशमा कृषि र इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी: शिक्षामन्त्री पोखरेल

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    News

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    News

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    News

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    News

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑